ad ad

कारोबार


२०८०को पहिलो कारोबार : झिनो अंकले घट्यो नेप्से, अर्ब मुनि रोकियो

२०८०को पहिलो कारोबार : झिनो अंकले घट्यो नेप्से, अर्ब मुनि रोकियो

नेपालखबर
बैशाख ३, २०८० आइतबार १५:२३, काठमाडौँ

२०८०को पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा गिरावट आएको छ। घटेको बजारमा ९७ करोडको कारोबार भएको छ। 

आज १९३४.५१ विन्दुमा खुलेको बजार उच्च १९४५.०५ विन्दु र न्यून १९१८.५२ विन्दु समातेको थियो। 

कारोबारमा आएका २५६ कम्पनीमध्ये ६४ कम्पनीको सेयरमूल्य बढेको छ भने १४५ कम्पनीको घटेको छ। १० कम्पनीको मूल्य भने स्थिर नै देखिएको छ। 

आज तीन कम्पनीको सेयरमूल्य सर्किट लेबलमा बढेको छ। आर्दश लघुवित्तको ९.९९ प्रतिशत, मौलुङ हाइड्रोपावरको ९.९९ प्रतिशत र कालिन्चोक दर्शनको सेयरमूल्य ९.९८ प्रतिशतले बढेको छ।

सगरमाथा जलविद्युत कम्पनीको सेयरमूल्य उच्च दरले घटेको छ। 

आज नेप्सेमा सोल्टी होटलको सर्वाधिक ३ करोड ८९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। त्यसैगरी शिवम सेमेन्टको ३ करोड १७ लाख र एनआईसी एशिया बैंकको ३ करोड ६४ लाख रुपैयाँको कारोबार भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .