नेपाल वायुसेवा निगमले १ वर्षमा झन्डै ३ अर्ब रुपैयाँ ऋण दायित्व भुक्तानी गरेको छ। निगमले एक वर्षमा २ अर्ब ९४ करोड रुपैयाँ भुक्तानी गरेको हो।
निगमले अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारोबडी र दुई वाइडबडी जहाजका लागि लिएको ऋण दायित्वको २०७९ चैत महिनाको किस्ताबापत कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई ५३ करोड रुपैयाँ भुक्तानी गरेको छ।
निगमका अनुसार २०७९ असारमा १ अर्ब ३५ करोड रुपैयाँ, आसोजमा ७३ करोड ९ लाख पचपन्न हजार दुई सय एकासी रुपैयाँ, पुसमा ३३ करोड ९ लाख र चैतमा ५३ करोड ९ लाख ५५ हजार दुई सय एकासी रुपैयाँ गरी २ अर्ब ९४ करोड कम भुक्तानी गरेको छ।
वायुसेवा निगमले विश्वव्यापी कोरोना भाइरसको कारण निगमको व्यापारमा समेत प्रतिकुल असर परेकोले सो असर रहेको अवधिको व्याजको व्याज, हर्जाना र पेनल छुट गरी सहयोग गरिदिन आग्रह गरेको छ।
‘किस्ताको संख्या वृद्धि गरेर ऋण दायित्व भुक्तनीलाइ सहजीकरण गरिदिन समेत निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई अनुरोध पत्र पठाएको छ,’ निगमका प्रवक्ता रमेश पौडेल भन्छन्,‘यस सम्बन्धमा छलफल समेत भइरहेको छ।’
Shares
प्रतिक्रिया