ad ad

कारोबार


रमेश कर्पले बेच्यो ६ अर्ब ८१ करोडका साओमी मोबाइल

रमेश कर्पले बेच्यो ६ अर्ब ८१ करोडका साओमी मोबाइल

नेपालखबर
बैशाख ८, २०८० शुक्रबार १६:३९, काठमाडौँ

टेलि डाइरेक्टले १ वर्षमा ६ अर्ब ८१ करोड रुपैयाँको साओमीका स्मार्टफोन र एसेसरिज बिक्री गरेको छ। 

रमेश कर्पअन्तर्गत २००९ मा स्थापना भएको कम्पनीले २०१९ बाट साओमीका फोन बिक्री गर्न थालेको हो। 

आर्थिक वर्ष २०७७/०७८ मा ८ अर्ब रुपैयाँको स्मार्ट फोन तथा एसेसरिज बिक्री गरेकोमा गत आर्थिक वर्षमा ६ अर्ब ८१  करोड रुपैयाँको मात्र बिक्री गरेको थियो। कम्पनीले मोबाइल र होम अप्लाइन्सका सामग्री बिक्रीवितरण गर्दै आएको छ। 

रोहित गुप्ता कम्पनीका अध्यक्ष हुन्। उनी रमेश कर्पका उपाध्यक्ष समेत रहेका छन्। 

साओमीका नेपालमा दुईवटा आधिकारिक बिक्रेता छन्। टेलि डाइरेक्टले काठमाडौं उपत्यकाबाहिर साओमीका ब्रान्ड बिक्री गर्दै आएको छ। साओमी नेपालको मोबाइल मार्केटमा साढे १८ प्रतिशत हिस्सा छ।

यसका ३२ डिलर छन् भने १३०० आउटलेट मुख्य सहरमा छन्। 

कम्पनीले २०१० देखि मोबाइल फोन वितरणमा काम गरिरहेको छ। सुरुमा नोकिया र कलर्स मोबाइलको फोन बिक्री गर्नेमा २०१९ देखि साओमीको फोन बिक्री गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .