सत्तारुढ गठबन्धनले आगामी वर्षको बजेटमा छलफल शुरु गरेको छ।
बुधवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले बजेटका लागि छलफल सुरु गरेको हो।
छलफलमा बजेटको सिद्धान्त र प्राथमिकताका बारेमा सरकारले आत्रारपत्र तयार गर्नुपर्ने निर्णय भएको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए।
उनले यही वैशाख २४ गते बजेट अधिवेशन आह्वान भएको र अधिवेशनमा बजेटका सिद्धान्त र प्राथमिकतामा सत्तारुढ दलबीच सहमति गर्ने प्रयास भएको बताए।
‘२४ गते अर्को संसद अधिवेशन बोलाइएको छ, २४ गतेको अर्को अधिवेशनमा के कुरामा गर्ने भन्नेबारे छलफल भयो’, ‘बजेटका सिद्धान्त र प्राथमिकता ल्याउने कुरामा छलफल भयो। यसमा सरकारले एउटा आधारपत्र तयार गर्ने छ। बजेटका सिद्धान्त र प्राथमिकताको प्रारम्भिक छलफल हुन्छ। बजेट पनि डेलिभरि गर्न सकिने गरी ल्याउनेबारे छलफल भयो। बजेट, बजेटपूर्वको छलफल, सरकारको आर्थिक नीति तर्जुमाबारे छलफल भयो।’
Shares
प्रतिक्रिया