ad ad

कारोबार


एसिया प्यासिफिक डिजिटल ट्यालेन्ट समिटमा नेपाली विद्यार्थीले जिते पिपल्स च्वाइस अवार्ड

एसिया प्यासिफिक डिजिटल ट्यालेन्ट समिटमा नेपाली विद्यार्थीले जिते पिपल्स च्वाइस अवार्ड

नेपालखबर
असोज १७, २०८१ बिहिबार १२:३२, काठमाडौँ

नेपाली विद्यार्थीहरुले आविष्कार गरेको एआई प्रोजेक्टले चीनको नानिङ र सेन्जेनमा भएको एसिया प्यासिफिक डिजिटल समिटको महत्त्वपूर्ण पिपल्स च्वाइस अवार्ड जितेको छ।

हुवावे नेपालको सिड्स फर फ्युचर २०२४ कार्यक्रमअन्तर्गत नेपालको प्रतिनिधित्व गर्दै चीन गएको ६ जना नेपाली विद्यार्थीको टोलीले सो उपलब्धि हासिल गर्न सफल भएको हो।

सयौं विद्यार्थीहरु मध्यबाट छानिएको समूहमा समिप अर्याल, आशिष कार्की, एन्जेलिना घिमिरे, प्रियांशु शर्मा, साधना पन्थी, र समृद्धि कार्की छन्। कार्यक्रममा विश्वभरका युवा प्रतिभाहरुको नविन सोचलाई बढावा दिँदै कयौं योजनाहरु समावेश गरिएका छन्।

एसिया प्यासेफिक समिटमा १९ मुलुकका सयौँ विद्यार्थीले सहभागिता जनाएका छन्। जसमा नेपाली विद्यार्थीले अल्ट्राकेयर  नामक एआइ व्यावसायिक उपकरणको प्रस्तुत गरेका थिए।

नेपाली समूहका सदस्य समिप अर्यालले अल्ट्रा केयर यात्रा सहज अल्ट्रासाउण्ड मेसिन भएको उल्लेख गर्दै यसले ग्रामीण क्षेत्रका महिलाहरुलाई सहज सेवा दिन सक्ने बताए।

अर्यालले भने, ‘यो उपकरणले सानोस्तरका स्वास्थ्य संस्थालाई एआइ प्रविधिसँग जोड्नेछ। जसले भ्रूणको अवस्था पत्ता लगाई त्यस विषयमा पर्याप्त जानकारी उपलब्ध गराउँछ।’

अर्यालले मेसिनले गर्भमा रहेको शिशु वा गर्भवतीमा कुनै स्वास्थ्य जटिलता आइपरेको खण्डमा सो उपकरणले समयमा नै परीक्षण गर्नसक्ने बताए। उनका अनुसार यदि कुनै असामान्य परिस्थिति आईपरे उपकरणले सिधै सम्बन्धित अस्पतालका चिकित्सकलाई जानकारी पठाएर महिलाको ज्यान जोगाउन सकिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .