संखुवासभामा हेलिकोप्टर दुर्घटनामा परेका घाइतेलाई काठमाडौं ल्याइएको छ। सेनाको हेलिकोप्टरले २ जना घाइतेलाई काठमाडौं ल्याएको हो।
लुक्लाबाट सिम्रिकको हेलिकोप्टर पनि घटनास्थलमा पुर्याइएको थियो। दुर्घटना भएको स्थल भोटखोला गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष विकास तमाङले घाइतेलाई उद्धार गरिएको जानकारी दिए।
‘गाउँ नजिकै दुर्घटना भएको थियो। स्थानीय, जनप्रतिनिधि प्रहरी र नेपाली सेना समयमै पुगेर उद्धार गरे’, वडा अध्यक्ष तामाङले भने,‘उद्धार गरी घाइतेलाई काठमाडौं लगिएको छ।’
63
Shares
प्रतिक्रिया