सिटी एक्सप्रेसको ‘लखपति एक्सप्रेस २०७६–न यति न उति सिधै लखपति’ योजना अन्तर्गत साउदी अरबको अरब नेशनल बैंक टेलिमनीबाट पैसा पठाई बम्पर उपहार १० लाखको लक्की ड्र मा परी जागेश्वर भुस्कुलिया यादव विजेता घोषित भएका छन्।
सिटी एक्सप्रेस कम्प्लेक्स भवनमा एक समारोह बीच सिटी एक्सप्रेसको प्रबन्ध निर्देशक चन्द्र टण्डन द्वारा सिस्ट्ममा आधारित लक्कीड्र मार्फत उक्त विजेता घोषणा गरियो। यस उपहार योजना अबधीभर हाल सम्म दैनिक उपहार योजना अन्तर्गत ९०० जनाले रु २०० रुपैयाँको मोबाइल टप अप, साप्ताहिक रुपमा १२ जना विजेताले रु १० हजार नगद र ३ जनाले रु एक लाख नगद प्राप्त गरिसकेका छन्।
ती सबै उपहारहरु विद्युतीय लक्कीड्र मार्फत विजेता छनौट गरिएको थियो। यो योजना असोज १ गते देखि मंसिर ३० गते सम्म चलेको थियो। यो अवधिभर सिटी एक्सप्रेस मार्फत मनी ट्रान्सफर गर्ने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी भएका थिए।
सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १३ वर्ष देखि विश्व भरी आफ्नो रेमिट एजेन्टहरुबाट ७५०० भन्दा बढि नेपालको एजेन्टहरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ।
प्रतिक्रिया