नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले एसएमई इन्डेक्स सञ्चालनमा ल्याउने काम अन्तिम चरणमा पुगेको बताएका छन्।
बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) ले आयोजनाको गरेको नेपाल बिजनेस समिट २०२३ मा उनले साना तथा मझौला कम्पनीको छुट्टै इन्डेक्स सञ्चालनको कार्यविधी अन्तिम चरणमा पुगेको बताएका छन्।
साना कम्पनीलाई पुँजीबजारबाट लगानी जुटाउन सहज होस् भनेर बोर्डले एसएमई प्ल्याटफर्म बनाउन लागेको हमालको भनाइ छ।
भेञ्चर क्यापिटलको विकास नभई निजी क्षेत्रको पुँजी परिचालन नहुने भन्दै त्यसका लागि बोर्डले फास्ट ट्याकबाट भेञ्चर क्यापिटललाई अनुमति दिईरहेको हमालले बताए।
साथै धितोमा आधारित कर्जा लगानी गर्ने प्रणालीले निजी क्षेत्रले पूर्वाधारका क्षेत्रका लगानी गर्न नसकेको हमालले बताए।
15
Shares
प्रतिक्रिया