ad ad

कारोबार


भैरहवाबाट काठमाडौंका लागि उडेको श्रीको जहाज बीचबाटै उतै फर्कियो

भैरहवाबाट काठमाडौंका लागि उडेको श्रीको जहाज बीचबाटै उतै फर्कियो

फाइल तस्बिर


नेपालखबर
बैशाख २५, २०८० सोमबार ११:९, काठमाडौँ

भैरहवाबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज बीचबाटै फर्काएर आकस्मिक अवतरण गरिएको छ।

आज बिहान ९:४० बजे काठमाडौंका लागि उडेको विमान केही बेरमै भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नै फर्काएर आकस्मिक अवतरण गरिएको हो। 

ल्यान्डिङ गेयरको इन्डिकेसनमा समस्या देखिएपछि १० मिनेटमै भैरहवा फर्काइएको बताइएको छ। 

त्रिभुवन विमानस्थल प्रमुख प्रतापबाबु तिवारीका अनुसार उक्त जहाजको ल्यान्डिङ गियरमा समस्या देखिएको छ।

तिवारीका अनुसार प्राविधिक समस्या आएपछि उक्त जहाज भैरहवा फर्किएको थियो। भैरहवा विमानस्थलमा अवतरण गरिसकेपछि जहाज रन वे मै अड्किएको थियो। 

‘रन वेमा जहाज अड्किएका कारण अरुको उडान पनि प्रभावित भएको थियो। यती एयरको जहाज अवतरण नगरी काठमाडौं फर्किएको ’, उनले भने, ‘अहिले त्यो जहाजलाई रन वेबाट हटाएर ह्याङ्गरमा पठाइएको छ। अब उडान सुरु हुन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .