आर्थिक वर्षको नौ महिना अर्थात् चैतसम्ममा शोधनान्तर स्थिति बचत १८० अर्बमाथि पुगेको छ।
असोजअघि घाटामा रहेको शोधनान्तर स्थिति पछिल्लो समय सुधार हुँदै गएको हो। असोजयता सुधार हुँदै चैत मसान्तसम्म शोधनान्तर १८० अर्ब १७ करोड बचतमा पुगेको छ।
अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २६८ अर्ब २६ करोडले घाटामा थियो।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब २५ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ३७ करोडले बचतमा छ।
त्यसैगरी चैत मसान्तसम्ममा चालु खाता ५१ अर्ब ८२ करोडले घाटामा छ।
अघिल्लो वर्षको सोही अवधिमा चालुखाता रु. ५१० अर्ब ५८ करोडले घाटामा थियो।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४ अर्ब २७ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ४० करोड २८ लाखले घाटामा छ।
33
Shares
प्रतिक्रिया