ad ad

कारोबार


रोकिएन सेयर बजारको ओरालो यात्रा, १८ सय बिन्दुनजिक झर्‍यो

रोकिएन सेयर बजारको ओरालो यात्रा, १८ सय बिन्दुनजिक झर्‍यो

फाइल तस्बिर


नेपालखबर
बैशाख ३१, २०८० आइतबार १५:३८, काठमाडौँ

साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा १६.९६ अंकले घटेको छ। 

आज नेप्से १६.९६ अंकले घटेर १८२१.६४ विन्दुमा झरेको हो। 

पछिल्लो २२ कारोबार दिनदेखि निरन्तर ओरालो यात्रामा देखिएको बजारले आज पनि निरन्तरता पाएको छ।

केही करेक्सन बाहेक बजार निरन्तर घटेर करिब १८ सय बिन्दुनजिक आएको छ। 

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाले समेत सेयर बजारको कुरा सम्बोधन नहुँदा लगानीकर्ता निराश देखिएका छन्। 

कारोबार रकमसमेत खुम्चिदै गइरहेको छ। आज नेप्सेमा ९० करोडको कारोबार भएको छ। 

अघिल्लो कारोबार दिनको तुलनामा कारोबार रमक बढे पनि पछिल्लो समय यो खुम्चिदै गइरहेको हो। 

आज कारोबारमा आएका २६३ कम्पनीमध्येका ४० कम्पनीको सेयरमूल्य बढेको छ। १६९ कम्पनीको घटेको छ। ९ कम्पनीको भने सेयरमूल्य स्थिर छ। 

हालै आईपीओ जारी गरेको आत्मानिर्भर लघुवित्तको सेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ। 

आज रुरु जलविद्युतको सेयरमूल्य सर्वाधिक ६.३७ प्रतिशतले घटेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .