ad ad

कारोबार


अब दर्ता नभएका मोबाइलमा चल्दैन सिम

अब दर्ता नभएका मोबाइलमा चल्दैन सिम

फाइल तस्बिर


नेपालखबर
जेठ १, २०८० सोमबार १०:२५, काठमाडौँ

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सोमबारबाट पूर्ण रूपमा लागू गरिएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले जेठ १ गते (आज) देखि दर्तावाल मोबाइल मात्रै चल्ने व्यवस्था लागू गरेको हो। 

आधिकारिक बिक्रेताले विदेशबाट भित्र्याउने मोबाइल स्वत: एमडीएमएसमा दर्ता हुन्छन् भने वैदेशिक रोजगारी र अध्ययन गर्न गएकाले ल्याएका मोबाइल अब दर्ता गर्नुपर्ने भएको हो। 

प्राधिकरणाले हालसम्म नेपालमा सञ्चालित सबै मोबाइल स्वत: दर्ता भएको जनाएको छ। तर अब भित्रिने मोबाइल दर्ता गरिएन भने त्यसमा नेपालका कुनै सिम चल्दैन। 

यसअघि ५–६ वर्षको तयारीपछि पनि एमडीएमएस लागू हुन सकिरहेको थिएन। प्राधिकरणले गत भदौबाटै यो लागू गर्ने बताए पनि दर्ता हुने प्रणाली लागू नहुँदा सरकार, सुरक्षा निकाय, उपभोक्ता र अधिकांश मोबाइल व्यवसायी नै मारमा परिरहेका थिए। 

केही व्यवसायीले अवैध रुपमा मोबाइल भित्र्याउँदा बजारमा स्वच्छ प्रतिस्पर्धा हुने नसकेको व्यवसायीले गुनासो गरिरहेका थिए। 

भदौमा लागू हुन नसकेको एमडीएमएस पुस १५ गतेदेखि  लागू गरियो। वैदेशिक रोजगारी र यात्राबाट फर्कनेलाई एउटाभन्दा बढी मोबाइल ल्याउन नपाउने भएपछि विरोध हुँदा प्रधानमन्त्रीको मौखिक निर्देशनमा यसको कार्यान्वयन रोकिएको थियो। 

सरकारले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएकालाई दुईवटासम्म मोबाइल ल्याउन पाउने र यात्रा, भम्रण अध्ययन गर्ने जानेले साथमा एउटाभन्दा बढी मोबाइल ल्याउन नपाउने गरी कानुनी व्यवस्था गरेको छ। 

नेपाल दूरसञ्चार प्राधिकरणले आफ्नो मोबाइल दर्ता भए/नभएको बेवसाइटबाट हेर्न सक्ने जानकारी दिएको छ। विदेशबाट मोबाइल ल्याउने नेपाली आफैँले नि:शुल्क एमडीएमएस प्रणालीमा दर्ता गर्नुपर्ने छ। दर्ता गर्दा पासपोर्ट वा जहाज चढ्दाको बोडिङ अपलोड गर्नुपर्ने व्यवस्था छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .