साझा यातायातले थप ३ वटा विद्युतीय बस काठमाडौंको सडकमा गुडाउने भएको छ।
साझाले ल्याएका ४० बसमध्ये ६ वटा अब काठमाडौं उपत्यकाका विभिन्न रुटमा नियमित चल्ने भएका हुन्।
साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले पाटनढोका–रत्नपार्क–जोरपाटीमा बिजुली बस सेवा सोमबार दिउँसोबाट सुरू हुने जानकारी दिए।
ललितपुरका मेयर चिरिबाबु महर्जनले उक्त रुटको बस सेवा सुरु गर्दैछन्।
साझा यातायातका व्यवस्थान प्रमुख महेन्द्र राजपाण्डेले सोमबारबाट थप ३ वटा विद्युतीय बस सञ्चालन हुने नेपालखबरलाई जानकारी दिए।
४० वटा नेपाल भित्राएकोमा साझाले यसअघि नै ३ वटा विद्युतीय बस सञ्चालन गरिसकेको छ।
साझाले बस नेपाल भित्राएर प्राविधिक रुपमा सफल भएपनि चार्जिङ स्टेशन राख्ने ठाउँ नहुँदा सबै बस सञ्चालन गर्न सकेको छैन।
साझाले सरकारसँग चार्जिङ डिपोका लागि जग्गा माग गरिरहेको छ।
42
Shares
प्रतिक्रिया