ad ad

कारोबार


अर्थतन्त्रमा सबैभन्दा धेरै योगदान बागमतीको, थोरै कर्णाली

अर्थतन्त्रमा सबैभन्दा धेरै योगदान बागमतीको, थोरै कर्णाली

नेपालखबर
जेठ २, २०८० मंगलबार १६:२३, काठमाडौँ

अर्थतन्त्रमा सबैभन्दा ठूलो योगदान बागमती प्रदेशको देखिएको छ। कुल ग्राहस्थ उत्पादन (जीडीपी) मा बागमती प्रदेशको योगदान १९ खर्ब ८१ अर्ब रहेको छ।

जुन यस आर्थिक वर्षमा कुल ग्राहस्थ उत्पादन अनुमानको ३६ दशमलव ८ प्रतिशत हो।

राष्ट्रिय तथ्याङ्क कार्यालयले आज सार्वजनिक गरेको विवरण अनुसार सबैभन्दा कम कर्णाली प्रदेशको जम्मा २ खर्ब २१ अर्ब रुपैयाँ रहने जनाइएको छ।

यस्तै, कोशी प्रदेशको योगदान ८ खर्ब ४९ अर्ब, लुम्बिनी प्रदेशको ७ खर्ब ६२ अर्ब, मधेश प्रदेशको ७ खर्ब ७ अर्ब, गण्डकी प्रदेशको ४ खर्ब ८२ अर्ब र सुदूरपश्चिम प्रदेशको ३ खर्ब ७६ अर्ब रुपैयाँ बराबरको योगदान रहने कार्यालयको अनुमान छ।

प्रदेश अनुसार राष्ट्रिय उत्पादनमा योगदान हिसाब हेर्ने हो भने सबैभन्दा धेरै बागमती र सबैभन्दा कम गण्डकी प्रदेशको देखिएको छ।

कुन प्रदेशको कति ?
बागमती प्रदेश ३७ प्रतिशत

कोशी प्रदेश १६ प्रतिशत

लुम्बिनी प्रदेश १४ प्रतिशत

मधेश प्रदेश १३ प्रतिशत

गण्डकी प्रदेश ९ प्रतिशत

सुदूरपश्चिम प्रदेश ७ प्रतिशत

कर्णाली प्रदेश ४ प्रतिशत

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .