ad ad

कारोबार


घट्यो लामो दूरीको गाडी भाडा (सूचीसहित)

घट्यो लामो दूरीको गाडी भाडा (सूचीसहित)

फाइल तस्बिर


नेपालखबर
जेठ ३, २०८० बुधबार १०:८, काठमाडौँ

लामो दूरीका सार्वजनिक यातायातको भाडा घटाइएको छ। डिजेलको मूल्य घटेसँगै सरकारले लामो दूरीमा चल्ने यात्रुबाहक र मालबाहक दुवै सवारीसाधनमा लाग्ने भाडा पनि घटाएको हो।

अन्तर-प्रदेश सञ्चालन हुने सार्वजनिक यातायातको भाडा ३.२ प्रतिशतले घटाइको हो। 

सार्वजनिक यतायातको भाडा इन्धनको मूल्य ५ प्रतिशतभन्दा तलमाथि भएपछि समायोजन गरिन्छ।

हालको भाडादर गत असारमा डिजेलको मूल्य १७२ हुँदा तोकिएको थियो। अहिले डिजेलको मूल्य १७ रुपैयाँ घटी १५५ रुपैयाँ कायम भएको छ। 

यातायात व्यवस्था विभागले पहाडी क्षेत्रमा मालबाहक सवारीसाधनको ४.१९ प्रतिशत र तराईको बाटोमा ४.६५ प्रतिशतले भाडा घटाएको छ।

डिलक्स गाडीले भने तोकिएको भाडा दरभन्दा २० प्रतिशतसम्म बढी लिन पाउँछन्। 

हेर्नुहोस् लामो दूरीका गाडीको नयाँ भाडादरको सूची

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .