आईएमई डिजिटल सोलुसन लिमिटेडको आईएमई पे ले अब डिजी मार्टमा आईएमई पे मार्फत स्मार्ट क्युआर स्क्यान गरी भुक्त्तानी गर्ने ग्राहकलाई छुट दिने भएको छ।
सो अफर अन्तर्गत ग्राहकले प्रत्येक कारोबारमा रु १०० सम्म १० छुट पाउने छन्। अफर अन्तराल भरी सो छुट ५ पटकसम्म प्राप्त गर्न सकिने छ। ग्राहकले डिजी मार्टको सबै शाखामा सो छुट प्राप्त गर्न सक्ने छन्।
यो अफर जेष्ठ १ देखि असार ३१ सम्म चल्ने कम्पनीले जनाएको छ।
आईएमई पे र डिजी मार्ट बिचको सम्झौता अन्तर्गत सो अफर सार्वजनिक गरिएको हो। यो अफर थोरै रकममा ग्राहकवर्गलाई धेरै सुविधा प्रदान गर्ने उदेश्यका साथ सुरु गरिएको हो।
27
Shares
प्रतिक्रिया