पुँजीबजार क्षेत्रमा गैरआवासीय नेपालीहरुलाई स्वागत गर्दै लगानी खुला हुने भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सार्वजनिक गर्दै पुँजी बजारमा गैरआवासीय नेपाली नागरिकहरुलाई लगानी गर्ने बाटो खुला गर्ने बताएका हुन्।
यस्तै, वैदेशिक लगानी भित्र्याउनेहरुलाई सरकारी ऋण पत्र र कम्पनीको प्राथमिक शेयरमा लगानी गर्न प्रेरित गरिने उल्लेख गरिएको छ।
वैदेशिक लगानी ल्याउन लचिलो बन्दै आएको सरकारले आगामी आर्थिक वर्षबाट गैर आवासीय नेपालीको ज्ञान सिप पुँजीलाई मुलुकको समृद्धिसँग जोड्न विशेष कार्यक्रम सञ्चालन गर्ने व्यवस्था गरेको हो।
15
Shares
प्रतिक्रिया