सरकारले नेपाल वायुसेवा निगमको पुन संरचना गर्ने भएको छ।
आगामी वर्षको नीति तथा कार्यक्रममा सरकारले विभिन्न मुलुकसंग हवाई सम्झौतागरी नेपाल वायुसेवा निगमका जहाजले उडान भर्ने नीति ल्याएको हो।
सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा वायुसेवा कम्पनीहरुलाई काठमाडौं बाहिरबाट समेत उडान गर्न प्रोत्साहित गर्ने दावी गरेको थियो।
भैरहवा र पोखरामा अन्तराष्ट्रिय विमानस्थल सञ्चालन आएपनि अन्तराष्ट्रिय उडान हुन सकेको छैन।
सरकारले निजगढ विमानस्थलको कार्य अगाडी बढाउने कार्यक्रमलाई निरन्तरता दिइने छ।
२०८०÷०८१ देखि निर्माण कार्य सुरु गर्नेगरी निजगढ अन्तराष्ट्रिय विमानस्थलको लगानी तथा निर्माणको ढाँचा टुगो लगाइने दाबी गरेपनि ढाँचा नै टुंगाउन सकेको छैन।
33
Shares
प्रतिक्रिया