ad ad

कारोबार


ट्रानद्वारा ग्रामीण भेगका विद्यालयमा शैक्षिक सामग्री वितरण

ट्रानद्वारा ग्रामीण भेगका विद्यालयमा शैक्षिक सामग्री वितरण

नेपालखबर
जेठ ७, २०८० आइतबार १८:२३, काठमाडौँ

ट्रिनिटी भूतपूर्व विद्यार्थी संगठन नेपाल (ट्रान) द्वारा आयोजित ‘सबैका लागि शिक्षा–२’ सम्पन्न भएको छ।

सो सामाजिक कार्यक्रमअन्तर्गत ट्रानले नेपालका विकट ठाउँमा सञ्चालित विद्यालय र विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरी सहयोग गर्छ। सोही अनुरूप यसपटक ट्रानले दोलखाको गौरीशंकर गाउँपालिका–९ सिमिगाउँमा रहेको श्री सिमीगाउँ प्राथमिक विद्यालय र बिगु गाउँपालिका १ जगतस्थित गौरीशंकर उच्च माध्यामिक विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको हो।

संस्थाले गौरीशंकर उच्च माध्यमिक विद्यालयमा शिशु कक्षादेखि कक्षा १० सम्मका तीन सय ४६ जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको थियो। विद्यार्थीहरूलाई झोला, कापी, कलम लगायत वितरण गरिएको हो।

त्यस्तै, श्री सिमीगाउँ प्राथमिक विद्यालयमा शिशु कक्षादेखि कक्षा ५ सम्मका ३० विद्यार्थीहरूलाई विभिन्न शैक्षिक एवं खेलकुदका सामग्री वितरण गरेको थियो। यसबाहेक विद्यालयलाई दुईवटा कम्प्युटर पनि उपलब्ध गराएको छ।

‘कार्यक्रम निकै सफलतापूर्वक सम्पन्न भयो। शैक्षिक सामग्री वितरणसँगै हामीले विभिन्न कार्यक्रमहरू पनि आयोजना गरेका थियौं,’ सबैका लागि शिक्षा(०२ का कार्यक्रम संयोजक सदिप राज पाण्डेले भने।

उनका अनुसार विद्यालयहरू दुईवटा कार्यक्रमस् विद्यालयमा लैंगिक हिंसा र जलवायु परिवर्तनको शिक्षा विषयक कार्यशाला पनि सञ्चालन गरिएको थियो। साथै मनोरञ्जनात्मक प्रतियोगिता पनि आयोजना गरिएको थियो।

यसैबारे उनले थप भने, ‘विद्यार्थीहरूसँग अन्तर्क्रियात्मक कार्यक्रमहरू गरी उनीहरू र बसोबास गर्ने समाजबारे बुझ्न पायौं। हाम्रो सानो सहयोगले पनि उनीहरूको दैनिकीमा ठूलो भूमिका खेल्नेमा हामी सकारात्मक छौं। सिमीगाउँ जस्तो विकट ठाउँमा कार्यक्रम लग्नु हाम्रोलागि पनि निकै ठूलो चुनौति र उपलब्धी हो।’

कार्यक्रमको लागि मुख्य प्रायोजक ट्रिनिटी इन्टरनेसनल कलेज रहेको थियो भने कलेजका विद्यार्थीहरूको पनि सहयोग रहेको संस्थाको भनाइ छ।

कार्यक्रमको गोल्ड पार्टनर ‘आइसिएफसी फाइनान्स लिमिटेड’, शिक्षा पार्टनर ‘टिग’, बेभरेज पार्टनर ‘जिरु ड्रिङ्क्स’, फुड पार्टनर ‘पशुपति इन्ट्यान्ट फुड्स’, क्रियटिभी पार्टनर ‘पोको किड्स’, गिफ्ट पार्टनर ‘मस्तकला’ र स्पोर्ट्स पार्टनर ‘न्यू सिग्मा इन्टरनेसनल’ रहेको थियो।

यसभन्दा अघि ट्रानले २०७९ भदौंमा नुवाकोट बट्टार नगरपालिकास्थित बिदुर(४ मा रहेको श्री युनाइटेड आधारभूत विद्यालयमा ‘सबैका लागि शिक्षा’ कार्यक्रमअन्तर्गत शैक्षिक सामग्री वितरण गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .