सोमबार नेप्से परिसूचक ८.१० अंकले बढेर १८९१.३१ अंकमा बन्द हुँदा १ अर्ब २७ करोड रुपैयाँको सेयर कारोबार भएको छ।
आइतबार डेढ अर्बमाथि कारोबार भएकोमा सोमबारको बजारमा कारोबार रकम केही घटेको छ भने नेप्से सूचकमा पनि बढोत्तरी भएको छ।
आज कारोबारमा आएका २७२ वटा कम्पनीमध्ये १ सय ३३ कम्पनीको सेयरमूल्य बढेको छ भने ७८ वटा कम्पनीको मूल्य घटेको छ।
बढ्नेमा आत्मनिर्भर लघुवित्त अग्रस्थानमा छ। आइतबार पनि सेयरमूल्यमा सर्किट लागेको आत्मनिर्भर लघुवित्तमा सोमबार पनि सकारात्मक सर्किट लागेको हो।
यो बाहेक युनिलिभर र गुडविल फाइनान्स पनि क्रमश: ७ र ६ प्रतिशतले बढेर कमाउने कम्पनीहरुको अग्रस्थानमा छन्।
घट्नेमा भने ग्रिन लाइफ हाइड्रो अगाडि छ। यो कम्पनीको ७.३७ प्रतिशतले मूल्य घटेको हो।
कारोबारमा भने आज सिवम् सिमेन्ट अगाडि छ। यो कम्पनीको ७ करोड ३४ लाख रुपैयाँको सेयर कारोबार भएको हो।
Shares
प्रतिक्रिया