ad ad

कारोबार


जेठ २९ देखि भैरहवा विमानस्थलबाट नियमित उडान, साढे ११ हजारमै मलेसिया

जेठ २९ देखि भैरहवा विमानस्थलबाट नियमित उडान, साढे ११ हजारमै मलेसिया

फाइल फाेटाे


नेपालखबर
जेठ १०, २०८० बुधबार १८:४९, काठमाडौँ

नेपाल वायुसेवा निगमले यही जेठ २९ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गर्दै छ। सो अवसरमा निगमले मलेसियाबाट प्रवर्द्धनात्मक भाडादर रु ११ हजार ४ सय ६१ कायम गरेको छ। यो मलेसियाबाट भैरहवा उडानका लागि मात्र हो।

‘मलेसिया–भैरहवा–काठमाडौँका लागि अत्यन्तै सस्तो शुल्कमा टिकट उपलब्ध गराएका छौँ”, निगमका सहायक प्रवक्ता गणेशकुमार घिमिरेले भने। 

उनका अनुसार मलेसिया–भैरहवाका लागि रु ११ हजार ४ सय ६१ र मलेसिया–भैरहवा–काठमाडौँका लागि रु १२ हजार ३ सय ४६ भाडादर कायम गरिएको छ। 

निगमको उडान नम्बर आरए ४२१ जहाज जेठ २९ गते काठमाडौँबाट मलेसियाको क्वालालम्पुर उडान गर्ने र जेठ ३० गते आरए उडान नम्बर ४२२ जहाज क्लालालम्पुरबाट भैरहवा हुँदै काठमाडौँ आइपुग्ने उडान तालिका छ। यो गन्तव्यमा निगमको न्यारो बडी ‘ए’ ३२० जहाजले उडान भर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .