ad ad

कारोबार


५ प्रतिशत प्रोभिजन गरेर लघुवित्त संस्थालाई कर्जाको पुनर्संरचना गर्न छुट

५ प्रतिशत प्रोभिजन गरेर लघुवित्त संस्थालाई कर्जाको पुनर्संरचना गर्न छुट

नेपालखबर
जेठ १०, २०८० बुधबार १८:५०, काठमाडौँ

नेपाल राष्ट्र बैंकले ५ प्रतिशत जोखिम व्यवस्थापन (प्रोभिजन) गरेर कर्जाको पुनर्संरचना र पुनर्तालिकीकरण गर्न सुविधा दिएको छ।

केन्द्रीय बैंकले निर्देशन जारी गर्दै लघुवित्त संस्थाले प्रवाह भएको कर्जालाई पुनर्संरचना र पुनर्तालिकीकरण गर्न सुविधा दिएको हो।

‘लघुवित्त संस्थाका ऋणीलाई कर्जा चुक्ता गर्न परेको कठिनाईलाई दृष्टिगत गरी आवश्यकता र औचित्यको आधारमा बुझाउनुपर्ने ब्याजको कम्तिमा ५ प्रतिशत रकम असल उपर गरेर कर्जाको पुनरर्तालिकीकरण तथा पुनरसंरचना गर्न सकिनेछ’ निर्देशनमा उल्लेख छ।

२०७९ चैत मसान्तमा सक्रिय वर्गमा वर्गीकरण भएको कर्जालाई मात्र कर्जा भुक्तानी अवधि १ वर्ष थप हुने गरी पुनरर्तालिकीकरण वा पुनरसंरचना गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। पुनरर्तालिकीकरण र पुनरसंरचना गरिएका कर्जाहरुमा ५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने उल्लेख छ।

असल वर्गमा रहेको कर्जालाई ५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्छ।

तर, कर्जाहरुलाई ब्याज नियमित रहेको अवस्थामा आवश्यकता र औचित्यको आधारमा कुनै हर्जाना तथा शुल्क नलाग्ने गरी २०८० असार मसान्तभित्र ३ महिनाको लागि म्याद थप गर्न सकिने छ।

कर्जा पुनर्संरचना र पुनर्तालिकीकरण पश्चात कर्जा नोक्सानी व्यवस्थाबाट राइट ब्याक हुने अवस्थामा राइट ब्याक गरिए बराबरको रकम सञ्चिती मुनाफा खाता व्यवस्था गरी छुट्टै खातामा लेखांकन गर्नुपर्ने उल्लेख छ।

साथै, यसरी लेखांकन गरिएको रकमबाट आएको रकमबाट लाभांश तथा कर्मचारी बोनस वितरण गर्न नपाइने भएको छ।

कर्जा पुनर्संरचना र पुनर्तालिकीकरण गरिएको कर्जा असल वर्गमा वर्गीकरण भएपश्चात मात्र खातामा लेखांकन गरिएको रकम सञ्चित मुनाफा हिसाबमा समायोजन गर्न सकिने निर्देशनमा उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .