ad ad

कारोबार


अनुसन्धान तथा नवप्रवर्तन कोष सञ्चालनमा एक अर्ब बजेट

अनुसन्धान तथा नवप्रवर्तन कोष सञ्चालनमा एक अर्ब बजेट

नेपालखबर
जेठ १५, २०८० सोमबार १७:१०, काठमाडौँ

सरकारको कुल पुँजीगत बजेटको १ प्रतिशत रकम अनुसन्धान र नवप्रवर्तनमा खर्च गरिने भएको छ।

सोमबार आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले अनुसन्धान र नवप्रवर्तनका कार्यहरुका लागि छुट्टै कोष संचालन गर्न १ अर्ब बजेट विनियोजन गरिएको जनाएका हुन्।  

बजेटमा कोष सञ्चालन गर्न आवश्यक कानुन तर्जुमा गर्दै सरकारका विभिन्न निकायबाट हुने अनुसन्धान र नवप्रवर्तनका कार्यक्रममा यस कार्यक्रममा राखिने उल्लेख गरिएको छ।

यस्तै, नवप्रवर्तन कार्यक्रमलाई सहयोग गर्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा छुट्टै इकाई विकास गर्दै काठमाडौँमा इन्क्युवेसन सेन्टर सञ्चालन गरिने उल्लेख गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .