फोन पे र लंका पेबीच इन्टरअपरेवल नेटवर्क स्थापना भएको छ।
समझदारी पत्रमा फोनका प्रमुख कार्यकारी अधिकृत दिवश सापकोटा र लंका पेका सीईओ चान्ना डी सिल्भाले हस्ताक्षर गरेका हुन्।
फोनका प्रमुख कार्यकारी अधिकृत दिवश सापकोटाले क्रसबोर्डर अनलाइन कारोबार सुरक्षित रहने बताए।
श्रीलंकाको राष्ट्रिय पेमेन्ट कम्पनी लंका पे १२ वटा देशसँग क्रसबोर्डर अनलाइन कारोबार सम्झौता गरेको छ।
सीईओ सिल्भाले दुई कम्पनीको समझदारीले व्यवसाय विस्तारमा सहयोग पुग्ने बताएका छन्।
राष्ट्र बैंकको नीति अनुसार पेमेन्ट कम्पनी चल्ने बताएका छन्।
व्यवसाय बाहेक अन्वेशण, प्रविधी प्रयोगको अनुभव आदानप्रदानमा समेत सहयोग पुग्ने बताए।
श्रीलंकन पेमेन्ट प्रयोग गर्नेले नेपालमा र फोन पे गर्नेले श्रीलंका भ्रमणमा कारोबार गर्न सक्ने छन्।
फोन पेका निर्देशक विश्वास ढकालले दुवै देशका नागरिकले एक अर्को देशमा कारोबार गर्न सक्ने बताए। ढकालले दुई देशका कम्पनीबीच सम्झौता भएपनि सरकारले सहयोग गर्नुपर्ने बताए।
उनले ४० देखि ६० दिनभित्र क्यूआर मार्फत कारोबार गर्ने बताए। राष्ट्र बैंकले सहयोग गर्ने विश्वास व्यक्त गरे।
Shares
प्रतिक्रिया