प्रधानमन्त्री पुष्पमकमल दाहाल प्रचण्डको भारत भ्रमणमा निजीक्षेत्रका पदाधिकारीसमेत सहभागी छन्।
उक्त क्रममा नयाँ दिल्लीमा भारत-नेपाल संयुक्त बिजनेश फोरम को बैठक समेत बसेको छ।
नेपालको नेतृत्व नेपाल उद्योग वाणिज्य महासंघकी अधयक्ष भवानी राणाले गरेकी थिइन्।
‘बैठकको क्रममा क्रममा मा दुई देश बीच व्यापार अभिवृद्धि गर्ने विषयमा सात बुँदामा सुझाव दिइएको छ। प्रधानमन्त्रीको भारत भ्रमणमा पहिलो पटक भइरहेको यस प्रकारको बैठकमा नेपाली टोलीको नेतृत्व गर्न पाउँदा खुसी लागेको छ’, भवानी राणा भन्छिन्।
यस अवसरमा नेपाली तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष सुरज वैद्य, निवर्तमान अध्यक्ष शेखर गोल्छा, नेपाल उद्योग परिसंघका पूर्व अध्यक्ष हरिभक्त शर्मा, नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेशकाजी श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष उमेशलाल क्षेष्ठ लगायतको उपस्थिति थियो।
उक्र क्रममा फोरमले कृषि उत्पादन, औषधि, अटोमाबाइल, औद्यागिक मेसिनरी, पेट्रोलियम र पेट्रोकेमिकल्स, ऊर्जा , सेवा उत्पादन र यातायात , पूर्वाधारको विषयमा सहकार्य गर्ने सहमति समेत गरेको छ।
त्यसैगरि गोल्छा ग्रुपले इन्डियन आयल माउरिसससँगको सहकार्यमा लुब्रिकेन्ट उत्पादन गर्ने सम्झौता समेत गरेको छ।
गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छाको लगानी रहेको हंसराज हुलास चन्द एण्ड कम्पनीले सर्भो लुब्रिकेन्ट उत्पादन नेपालमै गर्ने तयारी गरेको छ।
त्यसका लागि हंसराज हुलास चन्द एण्ड कम्पनी र इन्डियन आयल माउरिससको संयुक्त लगानीमा अत्याधुनिक ल्युब ब्लेन्डिङ प्लान्ट संचालन गर्ने सम्झौता गरेको हो।
Shares
प्रतिक्रिया