ad ad

कारोबार


नेपालमा ‘प्रोमेट’का सामग्री भित्र्याउँदै सेल्लुसिटी

नेपालमा ‘प्रोमेट’का सामग्री भित्र्याउँदै सेल्लुसिटी

नेपालखबर
जेठ २९, २०८० सोमबार १५:३२, काठमाडौँ

नेपाली बजारमा भिभो मोबाइल लगायत एंकर र नोइज जस्ता मोबाइल उपकरणको आयातकर्ता र वितरक सेल्लुसिटी अन्तर्राष्ट्रिय प्रालिले ताइवानको परिचित ‘प्रोमेट’ बाण्डका सामग्रीलाई नेपाल भित्राएको छ।

सन् २०१७ मा स्थापना भएसँगै नेपाली बजारमा प्रवेश गरेको सेल्लुसिटी अन्तर्राष्ट्रिय प्रालिले मोबाइल तथा अन्य प्रविधिका उपकरणहरूको बढ्दो मागलाई पुरा गर्दै आइरहेको छ। पूर्वदेखि पश्चिमभर प्रवाभकारी वितरण सञ्जाल भएको सेल्लुसिटी अन्तर्राष्ट्रिय प्रालिले अनलाइन माध्यमबाट प्रोमेटका उपकरणहरु वितरण गर्ने सोच बनाउँदै दराज अन्लाइन स्टोरसँग सहकार्य गरेको जनाएको छ।

कम्पनीका अनुसार प्राविधिक रुपले जानकार र उच्च गुणस्तरका उपकरण खोज्ने उपभोक्ताहरूको आवश्यकतालाई पूरा गर्ने उद्देश्यले नेपालमा भित्राउन लागिएको बाण्ड ‘प्रोमेट’ एक ताइवान ब्राण्ड हो।
सन् २००१ मा स्थापना भएर बजारमा आफ्ना उपकरणहरु उपलब्ध गराउँदै प्रोमेटले हालसम्म लाखौँ ग्राहकहरुको माया र प्रविधि क्षेत्रका थुप्रै पुरस्कारहरु पनि प्राप्त गर्न सफल बनिसकेको छ।

स्मार्टफोन केस, ब्लुतुथ स्पिकर, एप्पल मोबाइलका उपकरण, डाटा केबल, कार चार्जर, इयर पड्स, हेडफोन र युएसबी हब लगायत स्मार्ट वाचहरु उत्पादन गर्दै आएको यस कम्पनीका सामानहरु गुणस्तरीय र टिकाउ हुने गरेका छन्।

उत्पादनमा नवीनता, गुणस्तर, र ग्राहक केन्द्रित सेवालाई प्राथमिक्तामा राख्दै उच्च गुणस्तर प्रविधिद्वारा प्रयोगकर्ताको जीवनलाई सहज बनाउने लक्ष्य बोकेको प्रोमेटलाई नेपाल भित्राउँदै सेल्लुसिटी अन्तर्राष्ट्रिय प्रालिले प्रोमेटका सामग्रीका खरिदमा प्रयोगकर्तालाई आकर्षक अफर पनि दिने भएको छ।

नेपालमा प्रोमेटको आगमनको उत्सव मनाउन जेष्ठ २४ मा काठमान्डौँस्थित सोल्टी होटलमा सेल्लुसिटी अन्तर्राष्ट्रिय प्रालिले आफ्ना अफर सार्वजनिक गरेको छ।

स्मार्टफोन केस, ब्लुतुथ स्पिकर, एप्पल मोबाइलका उपकरण, डाटा केबल, कार चार्जर, इयर पड्स, हेडफोन युएसबी हब लगायतका सम्पूर्ण उपकरणमा २४ महिना र स्मार्ट वाचमा १२ महिनाको वारेन्टी दिँदै जेष्ठ ३२ सम्मको उद्घाटन अवधि भर दराज फ्लास सेल मार्फत आफना सामग्री खरिद गर्ने दुई जनालाई सेल्लुसिटी अन्तर्राष्ट्रिय प्रालिले एक एक वटा सुनको सिक्का दिनेछ।

त्यस्तै, पहिलो १५० ग्राहकलाई ३० प्रतिशत छुट र लक्की ड्र मार्फत ५ जनालाई प्रोमेटका सामग्री केवल ९९ रुपैयाँमा प्रदान गर्ने पनि योजना सेल्लुसिटी अन्तर्राष्ट्रिय प्रालिले ल्याएको छ। एक हप्ता लामो यो अफर दराज अनलाइन स्टोरमा फ्लास सेल नामले जेष्ठ ३२ सम्म लागू रहने कम्पनीले जानकारी दिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .