ad ad

समाज


प्रधानमन्त्री पत्नी सीतालाई नर्भिक अस्पताल लगियो

प्रधानमन्त्री पत्नी सीतालाई नर्भिक अस्पताल लगियो

नेपालखबर
जेठ २९, २०८० सोमबार १५:४८, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाललाई अस्पताल लगिएको छ। उनलाई केहीबेर अघिमात्र थापालथलीस्थित नर्भिक अस्पताल पुर्‍याइएको हो। 

उनलाई इमर्जेन्सीमा लगिएको अस्पताल स्रोतले जनाएको छ। 

सीतालाई प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पीएसपी) रोग देखिएको थियो। यो रोगका कारण मानिसको शारीरिक र मानसिक अवस्था असन्तुलित हुन्छ।

मानिस हिँड्न, बोल्न र निल्न सक्तैन। 

यस्तो रोग देखिएपछि प्रचण्डले सीतालाई ४ असार २०७५ मा सिंगापुर लगिएको थियो। सुधार नभएपछि फेरि सोही वर्षको चैत ३ गते अमेरिका लगेर जोन्स हप्किन्स अस्पतालमा उपचार भएको थियो।

त्यसपछि, २०७६ पुस ४ मा भारतको हरिद्वार लगेर बाबा रामदेवबाट पनि उपचारको कोसिस गरे। २०७७ पुस २० मा भारतको मुम्बई लगिएको थियो। 

सीताको रोग निको हुने अपेक्षामा प्रचण्डले उनलाई म्याग्दीको तातोपानी कुण्डमा लगेर पनि स्नान गराए। पछिल्लो समय उनलाई बालुवाटारमा चिकित्सकहरूको निगरानीमा राखिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .