सिद्धार्थ बैंकले सोमबारदेखि गोरखाको गोरखा बजारमा र उदयपुरको कटारीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।
बैंकले सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको हो।
उक्त शाखा विस्तारपश्चात् सिद्धार्थ बैंकको कुल शाखा सञ्जाल संख्या १ सय ८० (४ एक्सटेन्सन काउन्टरसहित) पुगेको छ।
बैंकले १०१ शाखारहित बैंकिङ्ग सेवा, १९९ एटीएम र १ हजार ६ सयभन्दा बढी पीओएस मेसिनका साथै बैंकले निक्षेप तथा कर्जा सुविधा, घरमै बसेर बैंक खाता खोल्न सकिने अनलाइन सुविधा, रेमिटेन्स सेवा, भिजा एटीएम कार्ड सेवामार्फत उच्चस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ।
प्रतिक्रिया