ad ad

कारोबार


अस्ट्रेलिया डढेलोः मात्र पाँच मिनेटको कमाइ सहयोग गरेको भन्दै बेजोसको आलोचना

अस्ट्रेलिया डढेलोः मात्र पाँच मिनेटको कमाइ सहयोग गरेको भन्दै बेजोसको आलोचना

नेपालखबर
पुस २९, २०७६ मंगलबार ९:२४,

आइतबार इन्स्टाग्राममार्फत बेजोसले आफ्नो कम्पनी अमेजोनले आगलागी नियन्त्रणका लागि सहयोग गर्ने घोषणा गरेका थिए।

तर डढेलो नियन्त्रणका लागि सहयोग घोषणा गरेपछि पनि जेफ बेजोस आलोचनामा परेका छन्।

फोर्ब्सको तथ्यांक हेर्दा बेजोसले सहयोग घोषणा गरेको रकम उनले पाँच मिनेटमा कमाउने बिजनेस इन्साइडरले जनाएको छ।

स्न २०१८ मा कमाएको तथ्यांकलाई हेर्दामात्र बेजोसले प्रत्येक पाँच मिनेटमा दश लाख अस्ट्रेलियन डलर कमाउछन्। यतिबेला बेजोसले झन बढी कमाउने अनुमान गरिएको छ।

बेजोसलाई मानिसहरुले लोभी भनेर आलोचना गरिरहेका छन्। गतवर्षको अक्टोबरमा बेजोसले आफ्नो पुरा सम्पत्तिमा साढे ३ अर्ब अमेरिकी डलर जोडेका थिए। यसको अर्थ उनले प्रतिदिन ३४ मिलियन अमेरिकी डलर कमाउँछन्।

यसअघि काइल जेनरले अस्ट्रेलिया आगलागी नियन्त्रणका लागि १५ लाख अमेरिकी डलर सहयोग गरेकी थिइन्। बेजोसभन्दा बढी रकम काइलले सहयोग गरेकी हुन्।

यस्तै सेलेना गोमेजले ३० लाख अमेरिकी डलर सहयोग गरेकी थिइन्। यो बेजोसले सहयोग गरेकोभन्दा तेब्बर ठूलो रकम हो।

अस्ट्रेलियामा जुलाईयता आगलागी जारी छ। आगलागीका कारण २ हजारभन्दा बढी घरहरु जलेर नष्ट भएका छन्। २८ जनाको ज्यान गइसकेको छ।

करोडौं जनावर मरेका छन्। घासे मैदान खरानीमा परिणत भएको छ। हरियो जंगल कालोमा परिणत भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .