एभरेष्ट बैंकले सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई अस्पताल भवन बनाउन आर्थिक सहयोग गरेकोव छ।
केन्द्रीय बाल अस्पताल सञ्चालनार्थ स्थापित काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई अस्पताल भवन निर्माण कार्यका एभरेष्टले रु १० लाख आर्थिक सहयोग गरेकोव हो।
सहयोग हस्तान्ततरण कार्यक्रममा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले अस्पतालका अध्यक्ष प्राडा भगवान कोइरालालाई एक कार्यक्रमकाबीच चेक हस्तान्तरण गरे। उक्त सहयोगबाट बाल अस्पताल निमार्ण लक्ष्यमा टेवा पुग्ने र बालबालिकाले सुलभ तथा गुणस्तरीय स्वास्थ सेवा प्राप्त गर्ने विश्वास बैंकले लिएको उनले बताए।
कार्यक्रममा नायब महाप्रबन्धक केशवराज पौडेल लगायतको उपस्थिति रहेको थियो।
30
Shares
प्रतिक्रिया