ad ad

कारोबार


सातामा २३ अर्बभन्दा बढीको कारोबार, जीवन बिमा उपसमूहमा आकर्षण बढ्दो

सातामा २३ अर्बभन्दा बढीको कारोबार, जीवन बिमा उपसमूहमा आकर्षण बढ्दो

नेपालखबर
असार १६, २०८० शनिबार १३:२२, काठमाडौँ

यस साता नेप्से परिसूचक ४.६३ प्रतिशतले बढेको छ। गत साता २ हजार ५५.५३ बिन्दुमा रहेको नेप्से यसपटक ४.६३ प्रतिशत अर्थात् ९५.४७ अंकले बढेर २१५०.९९ बिन्दुमा पुगेको हो। 

यस साता ४ कारोबार दिनका लागि बजार खुलेको थियो। सोमध्ये ३ कारोबार दिन बढेको नेप्से एक अन्तिम कारोबार दिन घट्न पुग्यो। 

गत साता पाँच कारोबार दिनमा ३ कारोबार दिन बजार घटेको बजार २ दिन बढेको थियो। 

सम्रगमा यो साता लगानीकर्ताका लागि उत्साहपूर्ण रह्यो। गत साता झिनो अंकले बढेको बजार यो साता ९५.४७ अंकले बढ्न सफल रह्यो। 

गत साता २०५५.५३ बिन्दुमा बन्द भएको बजार यो साताको पहिलो कारोबार दिनमा ६२.२१ अंकले बढेर २१ माथि उक्लियो। 

समय बजार निरन्तर बढेर २२ सय बिन्दुनजिक पुग्दा लगानीकर्ता नाफा बुक गर्न थालेसँगै पुनः बजार साढे २१ बिन्दुमा रोकिएको छ।

साथै कारोबार रकममा समेत उल्लेख्य बढोत्तरी भएको छ। दुई साताअघि दैनिक १ अर्ब कमको कारोबार भइरहेको बजार उकालो लागेसँगै औसत कारोबार ५ अर्बमाथिको हुन थालेको हो। 

यो साता ४ कारोबार दिनमा २३ अर्ब ३ करोडको कारोबार भएको छ। अघिल्लो साता ५ कारोबार दिनमा २० अर्बको कारोबार भएको थियो। 
बजारसँगै कारोबार बढ्दै जानु सकारात्मक हुने जानकार बताउँछन्। यो साता केही लगानीकर्ता नाफा बुक गर्न लाग्दा नेप्से २२ सय बिन्दु नाघ्न नसकेको उनीहरुको भनाइ छ। लगानीकर्ता बढ्दो उपस्थितिले आगामी दिनमा बजार बढ्ने उनीहरु बताउँछन्। 

गत महिना करका विषयमा अन्योल सिर्जना हुदाँ २ हजार बिन्दुबाट ओरालो लागेको बजार सुध्रिएर अहिले २१५०.९९ बिन्दुमा आइपुगेको छ। 

लगानीयोग्य रकम (तरलता) सहज हुँदै जानु बजारका लागि सकारात्मक हो। तरलता सहज हुँदै जानु र कारोबार बढ्दै जानु बजारका लागि सुखद हुने जानकार बताउँछन्। 

 साथै आगामी महिना नेप्सेमा सूचीकृत कम्पनीहरुले वार्षिक प्रतिवेदन सार्वजनिक गर्छन्। वित्तीय विवरण अध्ययन/विश्लेषण गरी लगानीकर्ताले लगानी बढाउने गर्दछन्। तर केही लगानीकर्ताले रिपोर्ट आउनुअघि बजारमा राम्रो प्रतिफल दिनसक्ने कम्पनी छनोट गरी लगानी बढाउन थाल्ने गर्दछन्। 

बजारमा तरलता सहज हुँदै जानु र कम्पनीहरुको वित्तीय विवरण सुधार हुने अपेक्षाले लगानीकर्ता बजारमा प्रवेश गरिरहेको देखिन्छ। गत जेठ ३ गतेसम्म नेप्सेमा दैनिक ६०/७० करोडको कारोबार बढेर ५ अर्ब माथि हुन थालेको छ। 

विगतमा पनि बजारमा तरलता सहज भएका बेला बजारले नयाँ उचाइ लिएका देख्न सकिन्छ।

यस साता सेन्सेटिभ इन्डेक्स ७.२९ अंकले बढेको छ भने फ्लोट इन्डेक्स ३.०२ अंक बढेको छ। यो साता सेन्सेटिभ फ्लोट इन्डेक्स २.९१ अंकले बढेको छ।

यस साता नेप्सेको कूल बजार पुँजीकरण बढेको छ। गत साता ३० खर्ब १० अर्ब रुपैयाँमा रहेको पुँजीकरण १ खर्बले बढेर ३१ खर्ब ५० अर्ब पुगेको हो। 

यस साता १३ वटै उपसमूहमध्ये ८ परिसूचक घटेको छ भने ५ को बढेको छ। 

यो साता जीवन बिमा कम्पनीको उपसमूह उलेख्य मात्रामा बढेको छ। 

त्यसैगरी, म्युचल फन्ड, बैंकिङ, फाइनान्स र माइक्रोफाइनान्स उपसमूह बढेका छन्। निर्जीवन बिमा, इन्भेस्टमेन्ट, अन्य, हाइड्रोपावर, ट्रेडिङ, डेभलपमेन्ट बैंकिङ, उत्पादन तथा प्रशोधन र होटल उपसमूहमा गिरावट देखिएको छ। 

गत साता होटल उपसमूह उल्लेख्य मात्रामा बढेको थियो। 

यस साता ३ कम्पनीको २३ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ। यस साता जीवन विकास लघुवित्तको १४ लाख ७७ हजार कित्ता, महुली लघुवित्तको ४ लाख २ हजार कित्ता र समता घरेलु लघुवित्तको ५ लाख १४ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएका छन्। 

यो साता हालै आईपीओ जारी गरेका सिटी होटल र बीपीडब्ल्यू लघुवित्तको सेयरमूल्य उच्चदरले बढेको छ। यो साता शिवम् सिमेन्ट कम्पनीको सर्वाधिक कारोबार भएको छ। 

फ्लोरसिट विश्लेषण गर्दा यस साता मोस्ट पपुलर बाई स्टक सूचीको शीर्ष स्थानमा अधिकांश सीटी होटलका सेयर छन्। त्यसैगरी हिमालयन लाइफ इन्स्योरेन्स, एनएमबि बैंक, कुमारी बैंक लगायत बैंकहरु सेयर थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .