ad ad

कारोबार


वायुसेवा निगम भन्छ : मोबाइलमा भन्सार शुल्कसम्बन्धी कार्यक्षेत्र हाम्रो होइन

वायुसेवा निगम भन्छ : मोबाइलमा भन्सार शुल्कसम्बन्धी कार्यक्षेत्र हाम्रो होइन

नेपालखबर
असार १७, २०८० आइतबार १३:४०, काठमाडौँ

नेपाल वायुसेवा निगमले विदेशबाट आउँदा ल्याएको मोबाइलमा त्रिभुवन विमानस्थलमा लिइने भन्सार शुल्क आफ्नो कार्यक्षेत्रमा नपर्ने बताएको छ।

कोरियाबाट फर्केका यात्रु छवीलाल भण्डारी (दामु दाइ) ले कोरियाबाट आउँदा सामान हराएको, साथै २ वटा मोबाइल ल्याएवापत भन्सार तिर्नुपरेको गुनासो गरेपछि निगमले यस्तो स्पष्टिकरण दिएको हो।

निगमका सहप्रवक्ता गणेश कुमार घिमिरेले आइतबार विज्ञप्ति प्रकाशित गरी भनेका छन्, ‘मोबाइल ल्याएवापत भन्सार तिर्नुपरेको गुनासोको सम्बन्धमा उक्त विषय नेपाल वायुसेवाको कार्यक्षेत्र अन्तर्गत पर्ने नभई अर्थ मन्त्रालयको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अन्तर्गत पर्ने व्यहोरा समेत अनुरोध गर्दछौं।’

भण्डारीले आफ्नो लगेज हराएको र दुई वटा मोबाइलको भन्सार शुल्क ४४ हजार ७३४ रुपैयाँ तिर्नुपरेको सामाजिक सञ्जालमार्फत गुनासो गरेका थिए।

यस सम्बन्धमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले गम्भीर चासो देखाउँदै यात्रुलाई तत्काल न्याय दिन निर्देशन दिएका छन्।

निगमले कोरियन एयरलाइन्स (केई६९५) बाट असार १५ गते यात्रा गरेका भण्डारीले नियमानुसार ब्यागेज क्लेम डेस्क तथा सम्वन्धित एयरलाइन्ससँग दावी/ रिपोर्ट नगरेको बताएको छ।

साथै स्वयम् यात्रुले नै सामाजिक सञ्जालबाटै ब्यागेज भेटिएको जानकारी गराएको पनि निगमले स्पष्ट पारेको छ।

ब्यागेज प्राप्त नभएको अवस्थामा सम्बन्धित एराइभलतर्फ कस्टमभन्दा अगाडि रहेको ब्यागेज क्लेम डेस्कमा रिर्पोट गर्नुपर्ने प्रक्रिया रहेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

वैदेशिक रोजगारीबाट फर्किएकाले एयरपोर्टमा ठगिएको गुनासो गरेपछि मन्त्री किराँतीको ‘एक्सन’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .