ad ad

कारोबार


बाढीपीडित मेकानिकहरूलाई सिप्रदीको खाद्यान्न र दैनिक उपभोग्य सामग्री

बाढीपीडित मेकानिकहरूलाई सिप्रदीको खाद्यान्न र दैनिक उपभोग्य सामग्री

नेपालखबर
असोज १५, २०८१ मंगलबार १७:४६, काठमाडौँ

सिप्रदी कम्पनिजको सामाजिक उत्तरदायी संस्था सिप्रदियन सहायता संस्था तथा सिप्रदी अटोपार्टस प्रालिले उपत्यकाको खोला किनारमा ज्याला मजदुरी गर्दै आइरहेका बाढी पीडित मेकानिक्सहरुलाई दैनिक उपभोग्य सामग्रीहरु तथा खाद्यान्न सहगोग प्रदान गरेको छ।

सिप्रदियन सहायता संस्थाका प्रतिनिधिहरु र सिप्रदी अटोपार्टस प्रालिका प्रतिनिधिहरुको उपस्थितिमा २६ घरधुरीलाई सिरक, डस्ना र सिरानि एक एक वटा, १ बोरा चामल, ३ किलो दाल, १ लिटर तेल तथा अन्य खाद्य तथा घरायरी सामाग्रीहरु राहत स्वरुप वितरण गरिएको सिप्रदीले जनाएको छ। 

सिप्रदियन सहायता संस्थाले त्यस्ता प्रभावित क्षेत्रहरुमा विभिन्न किसिमका अत्यावश्यक वस्तुुहरु राहतस्वरूप वितरण गर्दैै आइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .