ad ad

कारोबार


बिमालेख बीचैमा छोड्ने बिमित घट्दै, २१ प्रतिशतले घट्यो ‘पोलिसी सरेन्डर’

बिमालेख बीचैमा छोड्ने बिमित घट्दै, २१ प्रतिशतले घट्यो ‘पोलिसी सरेन्डर’

नेपालखबर
असोज १५, २०८१ मंगलबार १६:२१, काठमाडौँ

बिमा छोड्ने बिमितको संख्यामा कमी आएको छ। गत वर्षैभर यस्ता बिमित बढेकामा चालू आवको पहिलो र दोस्रो महिनामा घटेका हुन्। 

साउन महिनाको तुलनामा मात्रै भदौमा बिमालेख त्याग २१ प्रतिशतले घटेको छ। 

नेपाल बीमा प्राधिकरणका अनुसार भदौ महिनामा १ अर्ब २१ करोड २२ लाख रुपैयाँ बराबरको बिमालेख त्याग भएका छन्। 

यो संख्या साउनभन्दा थोरै हो। साउनमा बिमितले १ अर्ब ५४ करोड ११ लाख रुपैयाँ बराबरको बिमालेख त्यागेका थिए। 

साउनमा १० हजार २ सय ९२ पटक बिमालेख त्यागिएकामा भदौमा घटेर ९ हजार ४ सय ४९ पटक त्यागिएको छ। 

प्राधिकरणका अनुसार बिमालेख त्याग गर्नेको संख्या चालू आवको सुरुवातसँगै घट्दै गएको छ। १४ वटा जीवन बीमा कम्पनीहरुमध्ये ९ वटा कम्पनीको बीमालेख सरेन्डर साउनको तुलनामा भदौमा घटेको छ भने ५ वटाको बिमालेख त्याग भदौ महिनामा बढेको छ।

घट्नेमा नेपाल लाइफ, लाइफ इन्स्योरेन्स, मेट लाइफ, एसियन लाइफ, आईएमई लाइफ, सन नेपाल, रिलायबल, सिटिजन र हिमालयन लाइफ इन्स्योरेन्स छन्। 

व्यावसायिक रुपमा ठूला कम्पनीले भदौ महिनामा बिमा सरेन्डरलाई ह्वात्तै घटाउँदा समग्र बिमा व्यवसायमा सकारात्मक प्रभाव देखिएको छ। 

साउन महिनाको तुलनामा भदौमा नेपाल लाइफ इन्स्योरेन्स ३२ प्रतिशतले सरेन्डर संख्या घटाउँदा लाइफ इन्स्योरेन्सले ३० प्रतिशत, मेट लाइफले ४० प्रतिशत, एसियन लाइफले ४१ प्रतिशत, रिलायबल लाइफले २२ प्रतिशत, सिटिजन लाइफ इन्स्योरेन्सले १८ प्रतिशत र आईएमई लाइफले १ प्रतिशतले सरेन्डर संख्या घटाएका हुन्। 

सन नेपाल लाइफ इन्स्योरेन्सको भने सरेन्डर संख्यामा घटबढ देखिएको छैन। यो कम्पनीको साउनमा र भदौमा ५७ लाख रुपैयाँकै बिमालेख सरेन्डर भएको छ। 

अधिकांश कम्पनीहरुले बिमा सरेन्डरलाई घटाउन सफल बनिरहँदा भर्खरै कम्पनीमा रुपान्तरण भएको राष्ट्रिय जीवन बिमा कम्पनीको भने ३४ प्रतिशतले सरेन्डर बढेको छ। 

योबाहेक नेशनल लाइफ इन्स्योरेन्सको ३० प्रतिशतले सरेन्डर बढ्दा नेशनल प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ५२ प्रतिशतले बढेको छ। योबाहेक सानिमा रिलायन्सको २० प्रतिशत र सूर्यज्योति लाइफ इन्स्योरेन्सको बिमा सरेन्डर २६ प्रतिशतले बढेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .