ad ad

कारोबार


एटीएमबाट कार्डबिनै कसरी पैसा निकाल्ने? (भिडिओ)


नेपालखबर
असार १८ , काठमाडौँ

बैंकिङ प्रणालीको अनलाइन भुक्तानी र मोबाइल बैंकिङले हाम्रो दैनिकीलाई शून्यबाट सयसम्म पुर्‍याइदिएको छ। केही वर्षअघिसम्म बैंकको काउन्टरमा पैसा निकाल्न लाइन लाग्ने मान्छे बिस्तारै एटीएम मेशिनअगाडि आइपुगेका थिए।

तर समय निकै छिटो बदलियो। मोबाइलबाट भुक्तानी सेवा मान्छेको औंलामै आइसकेपछि एटीएम मेशीनको उपयोगिता विस्तारै घट्दै गइरहेको थियो। प्रविधिको यो उछालबीच एटीएमको प्रयोग बढाइरहन बैंकहरुले नयाँ नयाँ प्रविधि भित्रयाएका छन्। जसको सहयोगले एटीएम मेशिनबाट कार्डबिनै पैसा निकाल्न सकिने भएको छ।

फोनपेका कारण हिजोआज क्यास बोकेर हिँड्ने प्रचलन हराउँदै गइरहेको छ। विकसित प्रविधिका कारण स्मार्ट सेवा लिइरहेको तपाईं पनि पक्कै क्यासलेस भइसक्नुभएको होला। तर कतिपय ठाउँमा अझै पनि क्यूआर कोड उपलब्ध नभएका हुन सक्छन्। त्यहाँ नगद नै आवश्यक पर्न सक्छ। तर चिन्ता नलिनुस्।

यदि तपाईंसँग मोबाइल बैंकिङ सेवा र त्यसको एप छ भने तपाईंले नजिकको एटीएम मेशिनबाट कार्डबिनै नगद निकाल्न सक्नु हुनेछ। तर कसरी? विशाल कार्की र सरोज नेपालले तयार पारेको भिडिओमा हेर्नुस् :

असार १८, २०८० सोमबार १९:१८

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .