नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकले ल्याउने मौद्रिक नीति समग्र अर्थतन्त्रको दायित्व पूरा गर्नेगरी आउने बताएका छन्।
बिहीवार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघको तर्फबाट आयोजित आगामी मौद्रिक नीति समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले राष्ट्र बैंक आफ्नो जिम्मेवारीबाट भाग्न नसक्ने भन्दै मौद्रिक नीति समग्र अर्थतन्त्रको दायित्व, आर्थिक विकासमा केन्द्रित रहने बताए। उनले राष्ट्र बैंकले अहिले मौद्रिक नीतिका लागि सुझाव संकलन गरिरहेको बताए।
गभर्नर अधिकारीले मौद्रिक नीतिबारे दिइएका सुझावले राष्ट्र बैंकलाई प्रशस्त मात्रामा पृष्ठपोषण भइरहेको बताए।
उनले भने, ‘मौद्रिक नीतिका बारेमा हामी सुझाव नै संकलन गरिरहेका छौँ। यस हिसावमा हामीले प्रशस्त मात्रामा पृष्ठपोषण पाइरहेका छौँ। संस्थागत, व्यक्तिगत रुपमा पनि सुझावहरु पाइरहेका छौँ। यी सुझाव हाम्रा लागि महत्वपूर्ण र मूल्यवान छन्। राष्ट्र बैंकले ल्याउने मौद्रिक नीति समग्र अर्थतन्त्रको दायित्व, आर्थिक विकासमा केन्द्रित रहन्छ। राष्ट्र बैंकको जिम्मेवारीबाट भाग्न सक्दैनौँ।’
Shares
प्रतिक्रिया