ad ad

कारोबार


सेयरबजारमा असार मसान्तको दबाब, परिसूचकसँगै कारोबार पनि खुम्चियो

सेयरबजारमा असार मसान्तको दबाब, परिसूचकसँगै कारोबार पनि खुम्चियो

फाइल तस्बिर


नेपालखबर
असार २३, २०८० शनिबार ६:४४, काठमाडौँ

यस साता नेप्से परिसूचक ४.७९ प्रतिशतले घटेको छ। गत साता २१५०.९९ बिन्दुमा रहेको नेप्से यसपटक ४.७९ प्रतिशत अर्थात् ११०.६१ अंकले बढेर २०४९.३८ बिन्दुमा अडिएको हो। 

यस साता ४ कारोबार दिनका लागि बजार खुलेको थियो। तीमध्ये ४ कारोबार दिन घटेको नेप्से एक दिनमात्रै सामान्य अंकले बढ्न सक्यो।

गत साता नेप्से ९५.४७ अंकले बढेको थियो। अघिल्लो साता लगानीकर्ताका लागि बजार उत्साहपूर्ण देखिए पनि यो साता निरास बनायो। 

बजारमा १०० अंकको गिरावट आउँदा कारोबार पनि घटेको छ। यस साता बजारमा १८ अर्ब ३९ करोडको कारोबार भएको छ। 

अघिल्लो साता बजारमा २३ अर्ब ३ करोडको कारोबार भएकोमा यो साता १८ अर्ब ३९ करोडमा खुम्चियो।

सेयर कारोबारी (ट्रेडर)ले नाफा बुक गर्दा ठूला लगानीकर्तालाई असार मसान्तको दबाबले बजारमा क्रेता पक्ष कमजोर भएको अनुमान गरिएको छ। असार मसान्तमा सेयर बजारमा दबाब पर्नु स्वभाविक भएको जानकारहरु बताउँछन। 

प्रायः सबै असार मसान्तमा सेयर बजारमा बिक्री दबाब पर्छ। यो चालु आर्थिक वर्ष समाप्तिको समय पनि हो। त्यसले पनि लगानीकर्तालाई धेरै रकम जोहो गर्नुपर्ने हुन सक्छ। 

मसान्तमा बैंकको साँवा–ब्याज तिर्ने प्रेसरले लगानीकर्ताले दोस्रो बजारमा खरिदक्रम बढाउन नसकेका हुन्। यतिबेला आयकरसहित तिर्न पनि उनीहरुले ठूलो रकम जोहो गर्नुपर्ने हुन्छ। 

यी कारणले दोस्रो बजारको सेयर कारोबार प्रभावित हुन थालेको छ। यो बेला लगानीकर्ताको खरिद क्षमता कम हुँदा त्यसको प्रत्यक्ष असर नेप्से सूचकसहित कारोबार रकममा पनि देखिएको छ। 

साउनसँगै बजारले फेरि गति समात्ने अपेक्षामा लगानीकर्ता छन। वित्तीय प्रणालीमा तरलता सहज भएकाले नै लगानीकर्ता आशावादी भएका हुन्।

साउन पहिलो साता केन्द्रीय बैंकले मौद्रिक नीति जारी गर्दैछ। मौद्रिक नीतिले पनि बजारको आगामी गति निर्धारण गर्नेछ। 

मौद्रिक नीतिमार्फत सेयर बजारमा कडाइ गरिएको अवस्था छ। सेयर धितो कर्जामा १२ करोडको सीमा लगाइएको छ। अर्कातिर जोखिमभार पनि १५० प्रतिशत कायम गरिएको छ। 

यी प्रावधान खुकुलो गरियो भने बजारले नयाँ उचाइ तय गर्न सक्नेछ। यद्यपि, तरलता सहज भएकाले यी प्रावधान यथावत रहँदा पनि बजारले क्रमशः अपट्रेन्ड समात्न सक्ने विश्लेषकहरुको तर्क छ। 

यस साता सेन्सेटिभ इन्डेक्स २०.५९ अंकले घटेको छ। उता फ्लोट इन्डेक्स ७.२४ अंक बढेको छ। यो साता सेन्सेटिभ फ्लोट इन्डेक्स ६.६७ अंकले बढेको छ।

यस साता नेप्सेको कूल बजार पुँजीकरण बढेको छ। गत साता ३० खर्ब १० अर्ब रुपैयाँमा रहेको पुँजीकरण डेढ खर्ब घटेर ३० खर्ब ८ अर्ब छ। 
यस साता १३ वटै उपसमूहमध्ये १२ उपसमुह घट्दा होटल उपसमुह बढेको छ। 

अघिल्लो साता जीवन बीमा कम्पनीको उपसमूह उलेख्य मात्रामा बढे पनि यो साता गिरावट देखिएको छ। यो साता हाइड्रो उपसमूह सबैभन्दा धेरै गिरावट देखिएको छ। 

यो साता जीवन बीमा, म्युचल फन्ड, बैंकिङ, फाइनान्स र माइक्रोफाइनान्स, निर्जीवन बिमा, इन्भेस्टमेन्ट, अन्य, हाइड्रोपावर, ट्रेडिङ, डेभलपमेन्ट बैंकिङ र उत्पादन तथा प्रशोधन उपसमूहमा गिरावट देखिएको छ। 

यस साता जनउत्थान सामुदायिक लघुवित्तको २ लाख २१ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ। दुई वाणिज्य बैंकले ऋणपत्र सूचीकृत गरेका छन।

स्टान्डर्ड चार्टर्ड, रावा इनर्जी डेभलपमेन्ट र मोदी ईनर्जी कम्पनीले बैंकको २४ लाख कित्ता र एनएमबि बैंकको ४० लाख कित्ता ऋणपत्र सूचीकृत भएको छ। रावा इनर्जी डेभलपमेन्टले २८ लाख कित्ता र मोदी ईनर्जी कम्पनीले २ करोड ९० लाख कित्ता सेयर सूचीकृत गरेको छ। 

यो साता हालै आईपीओ जारी गरेका सिटी होटलको सेयरमूल्य उच्चदरले बढेको छ। साताका पाँच कारोबार दिन नै सिटी होटलको सेयरमूल्य ९.९९ प्रतिशतले बढेको थियो।  

यो साता शिवम् सिमेन्ट कम्पनीको सर्वाधिक कारोबार भएको छ। 

फ्लोरसिट विश्लेषण गर्दा यस साता मोस्ट पपुलर बाई स्टक सूचीको शीर्ष स्थानमा अधिकांश नेपाल इन्भेष्टमेन्ट मेगा बैंक छ। त्यसैगरी सीटी होटल, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, एनएमबि बैंक, कुमारी बैंक लगायत बैंकहरु सेयर थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .