सरकारले चालू आर्थिक वर्ष २०७९/८० मा ७६.६४ प्रतिशत मात्रै बजेट खर्च गर्न सकेको छ। १७ खर्ब ९३ अर्ब बजेट ल्याएको सरकारले भुक्तानी गर्ने समय सकिँदा १३ खर्ब ७४ अर्ब ३० करोड रुपैयाँ मात्रै खर्च गरेको हो।
महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्षको भुक्तानी असार २४ गतेसम्म सो मात्रामा रकम खर्च गर्न सक्यो। भुक्तानी गर्ने अन्तिम दिन ४१ अर्ब रुपैयाँ भुक्तानी गरेको छ।
बजेटमा ११ खर्ब ८३ अर्ब रुपैयाँ चालु खर्च हुने अनुमान गरिएकोमा जम्मा १० खर्ब १ अर्ब रुपैयाँ गरेको छ। पूँजीगत खर्च ३ खर्ब ८० अर्व रुपैयाँ बजेट विनियोजन भएकोमा २ खर्ब १० अर्व रुपैयाँ रहेको छ। एक वर्षमा ५५.२२ प्रतिशत मात्रै खर्च भएको छ। वित्तिय खर्च भने ७०.७५ प्रतिशत रहेको छ।
सरकारले ६३.६२ प्रतिशत मात्रै राजश्व उठाएको छ। १४ खर्ब ३ अर्ब राजश्व उठाउने लक्ष्य राखेकोमा ८ खर्ब ९२ अर्ब रुपैयाँ उठाउन सक्यो।
५५ अर्ब अनुदान पाउने लक्ष्य सरकारको थियो। तर ४ अर्ब ८० करोड मात्रै प्राप्त भयो।
Shares
प्रतिक्रिया