नेपालबाट बाहिरिने र नेपाल भित्रिने पैसा अर्थात् शोधानान्तर स्थिति ठूलो बचतमा पुगेको छ।
चालू आर्थिक वर्षको ११ महिना अवधिमा २ खर्ब २८ अर्ब ९८ करोडले बचतमा पुगेको हो। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २६९ अर्ब ८१ करोडले घाटामा रहेको थियो।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब २६ करोडले घाटामा रहेको शोधनान्तर स्थिति ११ महिना अवधीमा १ अर्ब ७४ करोडले बचतमा रहेको छ।
चालु खाता ६९ अर्ब ४० करोड रुपैयाँले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ५ खर्ब९२ अर्ब १४ करोडले घाटामा रहेको थियो। चालू खाता समेत सुधार आएको छ।
12
Shares
प्रतिक्रिया