प्रभु बैंक लिमिटेड धुलिखेल शाखा र धुलिखेल डेन्टल केयर प्रालिबीच बैंकका ग्राहकहरुलाई विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।
सम्झौता अनुसार बैंकका ग्राहकहरुले सो डेन्टल केयरबाट सेवा लिएबापत बैंकको डेविट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ र क्यूआर कोडबाट भुक्तानी गर्दा सबै उमेर समूहका व्यक्तिको दाँतको उपचार शुल्कमा २० प्रतिशत छुट पाउनेछन्।
सम्झौता पत्रमा बैंकको धुलिखेल शाखाका प्रमुख हरिकृष्ण दाहाल र डेन्टल केयरका प्रबन्ध सञ्चालक अमिर हमालले हस्ताक्षर गरेका छन्।
प्रभु बैंकले काभ्रे जिल्लामा ८ वटा शाखा धुलिखेल, बनेपा, पनौती, नाला, साँगा, पाँचखाल, दोलालघाट र नाल्दुम नगरकोटबाट वित्तीय सेवा प्रदान गर्दै आएको छ।
3
Shares
प्रतिक्रिया