ad ad

कारोबार


अब ब्याजदर घट्दै जान्छ : बैंकर्स संघका अध्यक्ष केसी

अब ब्याजदर घट्दै जान्छ : बैंकर्स संघका अध्यक्ष केसी

नेपालखबर
साउन ८, २०८० सोमबार १७:५५, काठमाडौँ

बैंकर्स संघका अध्यक्ष तथा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले अब बैंकको ब्याजदर घट्दै जाने बताएका छन्।

बैंकर्स संघले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै केसीले तरलता बढ्दै गइरहेको बेलामा कर्जाको डिमान्ड न्यून रहँदा ब्याजदर घट्ने देखिएको बताएका हुन्।
उनले अधिकांश बैंकहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८० प्रतिशत तल आएको बताए।

निक्षेप बढ्दै जाने र कर्जा डिमान्ड कम हुँदा यसले पनि ब्याजदर घट्ने देखिएको केसीको भनाई छ।

‘आर्थिक वर्षमा मुद्रास्फ्रीतिको टार्गेट ६.५ प्रतिशत छ। भारतको मुद्रास्फ्रीतिका रेट ४.५ प्रतिशत छ’, उनले भने, ‘भारत र नेपाल ओपनअप हुँदा दुवैको अर्थतन्त्र राम्रो भइरहेको छन्। यसको लाभ नेपाललाई पनि हुने हो।’

साथै कर्जाको डिमान्ड पनि हामीले सोचे अनुरुप नदेखिएको केसीको भनाई छ।

उनका अनुसार आर्थिक वर्षको साउनको पहिलो सातामा मात्रै पनि निक्षेप १२० अर्ब रुपैयाँ घटेको छ र कर्जा १८/१९ अर्बले घटेको छ।

स्थानीय तहको पैसा बाहिर जाँदा १२० अर्ब निक्षेप घटेको हो। यता निक्षेपसँगै कर्जा पनि घटेको छ केसीले बताए।

‘पछिल्लो ३/४ महिनामा लोनको डिमान्ड साखै बढ्न सकेको छैन। गत वर्ष ५४५ अर्ब डिपोजिट बढ्दा कर्जा १४० अर्बले मात्र बढेको थियो’, उनले भने, ‘यो सिनारियोले पनि कर्जाको डिमान्ड कम रहेको देखिन्छ।’

कर्जाको डिमान्ड कम हुँदा निक्षेपको डिमान्ड समेत घट्ने हुँदा अब ब्याजदर तल देखिएको केसीको भनाई छ ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .