ad ad

राजनीति


‘गठबन्धन गए जान्छ, कांग्रेसले आफ्नो स्वार्थमा सम्झौता गर्नु हुँदैन’

‘गठबन्धन गए जान्छ, कांग्रेसले आफ्नो स्वार्थमा सम्झौता गर्नु हुँदैन’

कांग्रेस बैठकमा महामन्त्री गगन थापा। तस्बिर : सरोज नेपाल


नेपालखबर
साउन ८, २०८० सोमबार १७:५६, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गठबन्धनका नाममा पार्टीले आफ्नो स्वार्थमा सम्झौता गर्न नहुने बताएका छन्। 

सोमबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा नेताहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन्। 

उनले अहिलेको सत्तारुढ गठबन्धनको नेता कांग्रेस नै भएको बताएका छन्। ‘यो गठबन्धनको नेता कांग्रेस हो। प्रधानमन्त्री आउने जाने क्रम चल्छ, चलिरहन्छ तर गठबन्धनको नेता कांग्रेस हो’, उनले भने, ‘गठबन्धन दलभित्र रहेका कुनै अमुक दलको माग पूरा गर्ने नाममा आफ्नो स्वार्थमा सम्झौता गर्नु हुँदैन। विगतमा कांग्रेसले केही कुरामा सम्झौता गरेको छ। त्यस्तो कुरामा कांग्रेसले मान्दैन भन्न सक्नुपर्छ।’

थापाले प्रदेशमा सरकार ढले स्वीकार्नुपर्ने तर मन्त्रालयहरु बढाउने कुरामा सम्झौता गर्नु गलत हुने पनि बताए। 

‘कांग्रेसमा सरकार चलाउने मात्रै होइन ठूलो जिम्मेवारी पनि छ। हामीलाई नतिजा चाहिएको छ। हाम्रो पार्टीबाट नि र्वाचित २६ सय ६८ वडाअध्यक्ष र १० हजार वडासदस्य छन्’, उनले भने, ‘अब कांग्रेस भ्रष्टाचारविरुद्ध निर्मम हुनुपर्छ। सुशासनका लागि कांग्रेस प्रतिवद्ध हुनुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .