२०७९ मंसिरमा भएको निर्वाचनमा उठेका उम्मेदवारमध्ये खर्चको विवारण सार्वजनिक नगर्नेहरु कारबाहीमा परेका छन्। खर्च विवरण सार्वजनिक नगर्ने उम्मेदवारहरुलाई निर्वाचन आयोजनाले जरिवाना गरेको छ।
उक्त जरिवानामार्फत ३६ करोड ५२ लाख रुपैयाँ संकलन हुनेसमेत निर्वाचन आयोगले जनाएको छ।
आयोगले मंगलबार सार्वजनिक गरेको विवरणअनुसार २४ सय ३५ उम्मेदवार कारबाहीमा साढे ३६ करोड रुपैयाँ उठ्ने जनाएको छ।
खर्चको विवरण सार्वजनिक नगर्ने उम्मेदवारलाई १५ हजार रुपैयाँको दरले जरिवाना तोकिएको हो।
२०७९ मंसिर ४ मा भएको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा रहेका उम्मेदवारलाई खर्च गर्ने सीमा तोकिएको थियो। उक्त सीमामा रहेर खर्च भएको वा नभएको त्यसको विवरण गत वैशाखमै सार्वजनिक गरिसक्न आयोगले निर्देशन जारी गरेको थियो।
नोट:यसअघि यसै समाचारमा उम्मेदवारहरूको जम्मा जरिवाना रकम अन्यथा हुन गएकोमा सच्याइएको छ–सम्पादक।
Shares
प्रतिक्रिया