ad ad

कारोबार


दराज एपमा ‘आस्क दराज’ च्याटबट सुविधा, यस्ता छन् फाइदा

दराज एपमा ‘आस्क दराज’ च्याटबट सुविधा, यस्ता छन् फाइदा

नेपालखबर
साउन १८, २०८० बिहिबार १२:४१, काठमाडौँ

ई–कमर्स प्लेटफर्म दराजले ग्राहकहरुको सपिङ अनुभवलाई सरल बनाउन एआई सन्चालित च्याटबट,‘आस्क दराज’ लन्च गरेको छ।

दराजमा ‘माइक्रोसफ्ट एज्योर ओपन एआई’ सेवाको पछिल्लो संघटनको घोषणा गरिएको हो। ‘ओपन एआई’ को ‘च्याटजीपीटी’ द्वारा सञ्चालित ‘आस्क दराज’ले प्रयोगकर्ताहरूलाई एआई च्याटबटसँग स्वाभाविक रूपमा छलफल गर्न र सम्पूर्ण सपिङ प्रक्रियालाई सजिलो र छिटो बनाउँछ।

‘आस्क दराज’ले ग्राहकको विशेष आवश्यकताहरूको विश्लेषण गरेर त्यसमा आधारित सामानहरू सिफारिस गर्नेछ। यसले ग्राहकहरूलाई उच्चस्तरीय अनुभवहरू प्रदान गरेर अफलाइन र अनलाइन किनमेल बीचको जानकारीहरुलाई प्रस्ट पार्ने कम्पनीको दाबी छ।

दराज प्लेटफर्मका ब्रान्ड र बिक्रेताहरूले पनि ‘आस्कदराज’बाट लाभ उठाउन सक्छन्।आस्कदराजले सामानको दृश्यता बढाउन र नयाँ दर्शकहरूमाझ पहुँच पुर्याउन गर्न मद्दत गर्दछ। प्रयोगकर्ता अन्तरक्रियाको संख्या बढ्दै जाँदा दराजले एआईलाई अप्टिमाइज गरिरहनेछ जसका कारण ग्राहक सेवालाई अझ टेवा पुग्नेछ।

यसको बारेमा बोल्दै दराजका प्रमुख कार्यकारी अधिकृत बिआरके मिकेलसेनले भने, ‘हाम्रो मिशन भनेको वाणिज्यको शक्ति मार्फत समुदायहरूलाई उत्थान गर्नु हो। यो हाम्रो लागि एउटा महत्वपूर्ण माइलस्टोन हो किनकी हामीले नयाँ बजार विस्तार गर्न टेक्नोलोजीको प्रयोग गरिरहेका र्छौं। बजारमा बढ्दो स्मार्टफोन अपनाउने दरको मूल्यांकन र त्यसमाथी हाम्रो एपमा ‘माइक्रोसफ्ट एज्योर ओपनएआई’ सेवाको फाइदा उठाएर, ‘आस्कदराज’ ले थप प्रयोगकर्ताहरूलाई हामीसँग नजिक भई सपिङ अनुभवलाई सहज बनाउनेछ।’

दराज नेपालले ईलेक्ट्रोनिक्स, सौन्दर्य, फेसन, स्वास्थ्य तथा थुप्रै अन्य प्रोडक्टहरुको अनलाइन व्यापार गर्दछ। १८ हजार भन्दा बढी बिक्रेताहरूको नेटवर्क, १.५  मिलियन सक्रिय एप प्रयोगकर्ताहरू र देशभरका १०८ शहरहरूको प्रभावशाली कभरेजको साथ दराज नेपालले ई–कमर्स परिदृश्यलाई द्रुत रूपमा परिवर्तन गरेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .