ad ad

कारोबार


अग्नि ग्रुपले ल्यायो जावा र येज्दी बाइकमा ‘मनसुन राइड अफर’

अग्नि ग्रुपले ल्यायो जावा र येज्दी बाइकमा ‘मनसुन राइड अफर’

नेपालखबर
साउन १८, २०८० बिहिबार १४:१५, काठमाडौँ

अग्नि ग्रुपको सहायक कम्पनी तथा क्लासिक लेजेन्ड्स आधिकारिक वितरक अग्नि मोटोइंकले जावा तथा येज्दी मोटरसाइकलहरुमा ‘मनसुन राइड अफर’ ल्याएको छ।

यो योजना अन्तर्गत जावा तथा येज्दी मोटरसाइकल किन्दा ग्राहकहरुले कम ब्याजदरमा सजिलो फाइनान्स अथवा एसेसरिज सहित राइडिङ गियर पाउनेछन्।

यो योजना अनुसार ग्राहकले मोटरसाइकल खरिद गर्दा ५० प्रतिशत डाउन पेमेन्टमा २ वर्षको अवधिमा जम्मा ५.५ प्रतिशत ब्याजदर मात्र लाग्नेछ। यदी ग्राहकले नगदमानै खरिद गर्ने हो भने एसेसरिज सहित सम्पूर्ण राइडिङ गियर पाउनेछन्।

अथवा उक्त एसेसरिज र राइडिङ गियर बराबरको रकम नगद छुट पाउन सक्नेछन्। ग्राहकले हरेक मोटरसाइकलको खरिदमा निःशुल्क हेलमेट र १ वर्षको रोड ट्याक्स पनि पाउनेछन्।

कम्पनीका अनुसार हाल जावा ब्राण्ड अन्तर्गत फोर्टी–टु, जावा र पेराक मोडेलका मोटरसाइकलहरू उपलब्ध छ भने येज्दी ब्रान्ड अन्तर्गत रोडस्टर, स्क्राम्बलर र एड्वेंचर मोडेलहरू उपलब्ध छन्।

जावा ब्रान्ड सन् २०२० मा लञ्च भएको हो भने येज्दी ब्रान्ड हालसालै नेपालमा लन्च भएको हो। यी सबै मोटरसाइकलहरु ३०० देखि ३३४ सम्मका छन् भने आफ्नो सेग्मेन्ट सबै भन्दा बढी पावर र टर्क प्रदान गर्दछ।

यो मनसुन राइड अफर जावा येज्दीका सबै शोरुमहरुमा उपलब्ध हुने तथा सिमित अवधिका लागि मात्र लागू हुने कम्पनीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .