ad ad

कारोबार


१५० बढी देशबाट ट्रयाङ्लोमार्फत ई–सेवा मनि ट्रान्सफरमा पैसा पठाउन सकिने

१५० बढी देशबाट ट्रयाङ्लोमार्फत ई–सेवा मनि ट्रान्सफरमा पैसा पठाउन सकिने

नेपालखबर
साउन १८, २०८० बिहिबार १७:४४, काठमाडौँ

ई–सेवा मनि ट्रान्सफरको रेमिट्यान्स सेवा ट्रयाङ्ग्लोबाट पनि सुरु भएको छ।

यो सम्झौतासँगै विदेशमा बसोबास तथा काम गर्दै आएका नेपालीहरुले ट्रयाङ्ग्लोको वेबसाइट, मोबाइल एप वा सिधै ट्रयाङ्ग्लोका शाखाहरूमा गएर १५० भन्दा बढी देशहरु बाट रेमिट्यान्स पठाउन सक्ने छन्।

साथै ट्रयाङ्ग्लोबाट पठाएको रेमिट्यान्स इसेवा मनि ट्रान्स्फरका १३ हजार ८०० भन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका एक लाख भन्दा बढी क्यास प्वाइन्ट, बैंक तथा वित्तीय संस्थाहरु साथै इसेवा वालेटबाट सहजै प्राप्त गर्न सकिनेछ।

सम्झौता पत्रमा इसेवा मनि ट्रान्सफरको तर्फबाट एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकाल र ट्र्याङ्ग्लोको तर्फबाट, प्रमुख कार्यकारी अधिकृत, ज्याकी लीले हस्ताक्षर गरेका थिए। ईसेवा मनि ट्रान्सफर र ट्र्याङ्ग्लोबीचको यो साझेदारीले रेमिट्यान्स सेवाहरूमा पहुँच र दक्षता अभिवृद्धि गर्ने लक्ष्य राखेको छ।

२००९ मा स्थापना भएको इसेवा नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक र एफवान सफ्टको भगिनी कम्पनी हो। इसेवा को वन–स्टप मोबाइल वालेटले ग्राहकहरूलाई रेमिट्यान्स प्राप्त गर्न, आन्तरिक रूपमा पैसा पठाउन, बिलहरू तिर्न र देशव्यापी रुपमा १३ लाख व्यवसायीहरूलाई क्यूआर मार्फत ग्राहकहरूबाट डिजीटल भुक्तानी लिने सुविधा दिँदै आएको छ ।

सम्झौताबारे एफवान सफ्ट ग्रुपका अध्यक्ष, विश्वास ढकालले भने, ‘हामी हाम्रा सेवाहरू दिगो र सान्दर्भिक बनाउनको लागि हाम्रो विश्वव्यापी साझेदार, ट्र्याङ्ग्लोसँग मिलेर काम गर्न पाउँदा हर्षित छौं र हाम्रो आवश्यकता बुझ्दै क्यासलेस अर्थतन्त्र को अवधारणालाई ट्रयाङ्ग्लोले समेत आत्मसात गरेको छ।’

ट्रयाङ्ग्लो ग्रुपका प्रमुख कार्यकारी अधिकृत ज्याकी लीले भने, ‘देशको कुल ग्राह्यस्थ उत्पादनको २० प्रतिशत भन्दा बढी रेमिट्यान्सको योगदान भएकोले नेपालमा सीमापार भुक्तानी प्रक्रियामा सुधार गर्नु उच्च प्राथमिकता हो। हामी विश्वस्त छौं कि हाम्रो अन्तर्राष्ट्रिय भुक्तानी सेवाले नेपालमा पैसा पठाउन अझ छिटो र प्रभावकारी बनाउनेछ।’

इसेवा मनि ट्रान्स्फरले परम्परागत शैलि तथा डिजिटल माध्यमबाट इसेवा वालेटका ७५ लाख भन्दा बढी प्रयोगकर्ताहरु र कुनै पनि बैंक तथा वित्तिय संस्थाको खातामा विप्रेषण रकम भित्राउँदै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .