ad ad

कारोबार


निजी क्षेत्रले दिएका सुझाव मौद्रिक नीति सर्कुलरमा समेट्ने अपेक्षा छ : ढकाल

निजी क्षेत्रले दिएका सुझाव मौद्रिक नीति सर्कुलरमा समेट्ने अपेक्षा छ : ढकाल

नेपालखबर
साउन १८, २०८० बिहिबार १८:८, काठमाडौँ

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राष्ट्र बैंकले निजी क्षेत्रले दिएका सुझावहरु मौद्रिक नीति सर्कुलरमा समेट्ने अपेक्षा रहेकोे बताएका छन्।

बिहीवार महासंघले आयोजना गरेको आर्थिक नीतिले परिवर्तन गरेका कर नीति र मौद्रिक नीतिको असर विषयक कार्यशाला गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन्।

राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीति कार्यान्वयनका लागि सर्कुलर क्रमशः जारी भइरहेको बताउँदै निजी क्षेत्रले दिएका सुझावहरु मौद्रिक नीति सर्कुलरमा समेट्ने अपेक्षा रहेको बताए।

उनले सरकारले ल्याएको बजेट र मौद्रिक नीति दुवैले वर्तमान आर्थिक समस्याको समाधान तत्कालै गर्नेगरी आउन नसकेको बताए।

उनले भने, ‘अर्थतन्त्रका वर्तमान आर्थिक समस्या तत्काल समाधान गर्नेगरी सरकारले ल्याएको बजेट र मौद्रिक नीति दुवैमा आएन। राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीति कार्यान्वयनका लागि सर्कुलर क्रमशः जारी भइरहेको छ। निजी क्षेत्रले दिएका सुझावहरु मौद्रिक नीति सर्कुलरमा समेट्ने अपेक्षा रहेको छ।’

उनले निजी क्षेत्रले घरजग्गा लगायतका विषयमा दिएको सुझावलाई सम्बोधन गरिएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .