ad ad

कारोबार


नेप्सेसँगै घट्यो कारोबार रकम

नेप्सेसँगै घट्यो कारोबार रकम

नेपालखबर
साउन २९, २०८० सोमबार १५:३३, काठमाडौँ

आज सेयर बजारमा गिरावट आएको छ। आज बजार ३.६१ अंकले घटेर २०७७.२४ विन्दुमा झरेको हो। आज २०७९.२५ विन्दुमा खुलेको बजारमा ०.१७ प्रतिशतको गिरावट आएको छ।

आज नेप्से परिसूचकसँगै कारोबार रकम समेत घटेको छ। आज २ अर्ब ९ करोडको कारोबार भएको छ। अघिल्लो कारोबार दिन (आइतबार) बजारमा २ अर्ब ३९ करोडको कारोबार भएको थियो।

आज कारोबारमा आएका मध्ये ६८ कम्पनीको सेयरमूल्य बढ्दा १४५ वटाको घटेको छ। त्यसैगरी ११ कम्पनीको स्थिर नै छ।

आज थ्री स्टार हाइड्रोपावर कम्पनीको सेयरमूल्य सर्वाधिक ९.९८ प्रतिशतले बढेको छ। आज सिद्धार्थ प्रिमियम इन्स्योरेन्स कम्पनीको सेयरमूल्यमा सर्वाधिक ६.४६ प्रतिशतले घटेको छ।

आज आइएमई लाइफ इन्स्योरेन्सको ११ करोड २४ लाख रुपैयाँको कारोबार भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .