ad ad

कारोबार


तल उर्लिरहेको खोला, ९ सय फिटमाथि केबलकारमा फसे ६ जना

तल उर्लिरहेको खोला, ९ सय फिटमाथि केबलकारमा फसे ६ जना

हेलिकप्टरबाट उद्धारको प्रयास गरिँदै। तर रात र भारी वर्षाका कारण अहिले उद्धार प्रयास रोकिएको छ।


नेपालखबर
भदौ ५, २०८० मंगलबार २१:५९, काठमाडौँ

पाकिस्तानको खैबर पख्तुनख्वा राज्यमा ९ सय फिट उचाइमा रहेको केबलकारमा फसेका ८ जनामध्ये २ बालबालिकाको उद्धार गरिएको छ।

केबलकारमा फस्नेमा ६ विद्यार्थी र २ जना शिक्षक थिए। तीमध्ये २ विद्यार्थीको उद्धार गरिएको हो। तल गहिरो खोला छ, जुन वर्षाका कारण उर्लिएको छ। 

अन्य ६ जनाको उद्धारका लागि सेनाका दुईवटा हेलिकप्टरबाट गरिएको अपरेसन राति र भारी वर्षाका कारण रोकिएको पाकिस्तानको पत्रिका ‘द डन’ले जनाएको छ। 

पाकिस्तानका कार्यवाहक प्रधानमन्त्री अनवर–उल–हक काकरले खैबर सरकार र सेनालाई उद्धार छिटो गर्न निर्देशन दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .