घोराही सिमेन्टको सेयरमा खरिद माग उच्च देखिएको छ। साताको पहिलो कारोबार दिन (आइतबार) ११ः४५ बजेको अवधिमा कम्पनीको सेयरमा उच्च खरिद माग देखिएको छ।
यस अवधिमा १ लाख ८३ हजार ४११ कित्ता सेयर खरिद माग हुँदा १३ हजार ९६ कित्ता बिक्री अर्डर देखिएको छ।
२०८० साउन २८ गतेबाट कम्पनीको कारोबार सुरु भएको थियो।
कारोबार पहिलो दिनबाट आपूर्ति धेरै हुँदा कम्पनीको सेयरमूल्य समेत उच्च दरले घटेको छ। कारोबार सुरुवातदेखि आपूर्ति धेरै देखिएको कम्पनीको सेयरमा बल्ल डिमान्ड देखिन थालेको छ।
कम्पनीले पहिलो कारोबार दिन ५६५ रुपैयाँमा कारोबार खुलेको थियो। सोही दिन कम्पनीको सेयरमूल्य नकारात्मक सर्किट लागेको थियो।
87
Shares
प्रतिक्रिया